जनता समाजवादी पार्टीका चार सांसदले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। लुम्बिनी प्रदेशका चार जना प्रदेशसभा सदस्यले आफुलाई गरिएको कारवाहीविरुद्ध रिट लिएर अदालत पुगेका थिए।
प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साल सर्वोच्च अदालतमा पुगेका थिए। वैशाख १९ मा सर्वोच्चले उनीहरुको रिट दर्ता नगरीकन फर्काइदिएको थियो। पुर्ण बैठकले बन्दी प्रत्यक्षीकरण र कोरोना बाहेकका सेवा स्थगन गर्ने निर्णय गरेको थियो।