भारतमा एमपीको अशोकनगर जिल्लाको मुक्तिधाममा बिहीबार एकाएक हलचल मच्चिएको थियो। जलाउँदै गरेको युवकको लाश चिताबाट उठेर आवाज निकाल्न थालेपछि त्यहाँ मानिसहरुको भागाभाग भएको थियो।
अनिल जैन नाम गरेका युवकको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। अस्पताल लगिएको १५ दिनपछि डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।
मृतकका भाइका अनुसार जब जैनलाई मुक्तिधाम लगियो उनको शरीर हलचल भयो र ओम ओमको आवाज निस्किन थाल्यो। त्यसपछि जैन चितामै उठेर बसेका थिए। त्यसपछि डाक्टरको टिम घटनास्थल पुगेको थियो र जैनलाई पुनः मृत घोषणा गरेको थियो।
तर, जैनको परिवारले उ मरेको कुरा स्वीकार गरेनन् र उसलाई जिल्ला अस्पताल लगिएको थियो, त्यहाँ पनि डाक्टरले मृत घोषणा गरिदिएका थिए। परिवारले भने अस्पतालले जीवित मान्छेलाई मृत घोषणा गरेको आरोप लगाएका छन्।