अष्ट्रेलियन हार्बर इन्टरनेसनल कलेजले बिद्यमान कोरोना भाइरसको दोस्रो लहरको महामारीमा स्वाथ्य सामग्री र अक्सिजनको लागि आर्थिक सहयोगका लागि रु २,००,००० सहयोग गर्ने भएका छन्। झापा जन्म स्थान भएका नेपाली मुलका अष्ट्रेलियन ब्यावसायी मातृका बिमोली र सुमन भेट्वालले कोभिड स्वास्थ्य सामाग्री र अक्सिजनको खरिदका लागि दुई लाख रकम सहयोग गर्ने भएका हुन्।
एक हजार भन्दा बढि नेपाली बिध्यार्थीलाई विभिन्न कोर्स प्रदान गरी नेपाली र अन्तर्राष्ट्रिय बिध्यार्थीको मन जित्न सफल हार्बर कलेजले अष्ट्रेलियामा बिध्यार्थीलाई गुणस्तरीय शिक्षा र अतिरिक्त सहयोग मात्र गरेको छैन, नेपालमा दु:ख सुख पर्दा समेत सहयोगी साबित भएको छ। अष्ट्रेलियन हार्बर इन्टरनेसनल कलेजका संचालक मातृका बिमोलीले भने, "एक नेपालीलाई अफ्ठ्यारो पर्दा अर्को नेपाली हेरेर बस्न सक्दैन। यतिबेला प्रबासमा रहेका नेपाली हरूले एकजुट भएर यो महामारी लाई टार्नु परेको छ।"
यसपटक पनि कोभिडको दोस्रो लहरका लागि सहयोग पुर्याउने उद्देश्य अनुरुप शैक्षिक परामर्श संध नेपाल इक्यान झापा केन्द्रको समन्वयमा भइरहेको स्वास्थ्य सामाग्री र अक्सिजनको खरिदका लागि आर्थिक सहयोग विनियोजन भैसकेको कलेजका बजार ब्यबस्थापक मुकेश धमलाले जानकारी दिए। "बिद्यमान संकटको सामना गर्न झापामा रहेको शाखा कार्यालयले अक्सिजन बैंक स्थापना गरि सेवा पुर्याउने कामलाई हार्बर कलेजद्वारा गरीएको यो आर्थिक सहयोगले यो संकटको आहतमा राहत पुग्ने छ," इक्यानका केन्द्रिय उपाध्यक्ष शेषराज भट्टराईले भने।
शैक्षिक सस्था संगसंगै कानुन ब्यावसाय समेत संचालन गरे्का भएका हार्बर कलेजका सन्चालक भेट्वालले अष्ट्रेलियामा रहेका नेपाली समुदायसंग पनि सहयोगका लागि कुरा भैरहेको बताए। उनले भने, " पहिलो कोभिड लहरमा पनि हामीले पिपिई निर्माणका निम्ति राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग गरेका थियौ।"
यतीमात्र होइन गरिब तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्ति, शैक्षिक परामर्श संध संस्थाहरूका समानान्तर अभियान लगायतका थुप्रै कृयाकलापमा अष्ट्रेलियन हार्बर इन्टरनेसनल कलेजले आफुलाई कृयाशील बनाएको छ।
बिगत पच्चीस बर्ष देखि अष्ट्रेलियामा बसोबास गर्दै आएका संचालकद्वय बिमोली र भेट्वालकै लगानी भएको NAPS कलेजलाइअष्ट्रेलियाको उच्च शिक्षा हेर्ने बिभाग (TEQSA) ले स्नातक अध्ययन संचालनको लागि स्विकृती प्रदान गरेको छ।