जनता समाजवादी पार्टी भित्र अहिले ठुलै समस्या देखिएको छ। पछिल्लो समय बिकसित राजनितीक घटनाक्रमले जसपाभित्र गतिलै हलचल पैदा गरेको छ। विभाजनबाट जोगिन एक भएको मधेसवादी दल अहिले झन ठुलो समस्यामा पर्दै गइरहेको छ।
पार्टीभित्र सत्ताको पक्ष र विपक्षका दुई धारवीचको बिवाद दिनप्रतिदिन बढ्दै छ। महन्थ ठाकुर–राजेन्द्र महतो र उपेन्द्र यादव–बाबुराम भट्टराईविचको टकरावले जसपालाई फुटको संघारमा पुर्याएको छ। प्रधानमन्त्री केपी ओलीलाई अप्रत्यक्ष रुपमा सघाइरहेको महन्थ समुह र खुलेर विपक्षमा लागेको उपेन्द्र समुहविचको द्वन्द्व चरम उत्कर्षमा पुगिसकेको छ।
महन्थ समुहले उपेन्द्र समुहलाई बाइपास गरेर राजेन्द्र महतोलाई संसदिय दलको नेतामा चयन गरेपछी उपेन्द्र समुहले महन्थ समुहलाई कारवाही गर्नेसम्मको चेतावनी दिन थालेको छ। पार्टीभित्रको बिवाद मिलाउन छलफल गर्न बसेका महन्थ र उपेन्द्र सहमतीको बिन्दुमा अझै पुग्न सकेका छैनन्।
नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) सँग मिलेर नयाँ सरकार बनाउने कार्यमा अत्तो थापेको महन्थ समुह अहिले ओली सरकारमा जान तत्मतयार छ। तर, अहिले महन्थको प्रयासमा उपेन्द्र समुहले अत्तो थापेको छ। यद्दपी महन्थ समुह सरकारमा जाने अन्तिम तयारीमा छ।
यसका लागि महन्थ समुह र प्रधानमन्त्री ओलीविच निरन्तर संवाद भइरहेको छ। महन्थ समुहले अघि सारेका केहि मागहरु सम्बोधन भएलगत्तै जसपा राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सामेल हुने तयारीमा छ।
लाचार बन्दै उपेन्द्र–बाबुराम जसपाभित्र पछिल्लो समय उपेन्द्र–बाबुराम समुह लाचार अवस्थामा पुगीसकेको छ। ३२ मध्ये ११ सासंदमात्र आफ्नो पक्षमा देखिएपछी यो समुह पार्टीभित्र कमजोर सावित भइसकेको छ। उता महन्थसँग २२ जना सांसद छन्। यतिमात्र होइन्, उपेन्द्र समुहका अन्य ३ देखी ४ जना सासंद पनि खेमा परिवर्तन गर्ने सोचमा छन्।
सांसदमात्र होईन्, कार्यकारीणी परिषदमा पनि उपेन्द्र–बाबुराम पक्ष निरिह नै देखिन्छ। महन्थ समुहले महतोलाई संसदिय दलको नेता चयन गरेपछी कारवाही गर्ने उद्देश्यका बैठक आह्वान गरेको उपेन्द्र समुह पार्टीभित्र आफ्नो समुह कमजोर देखिएपछी ब्याक हट्न बाध्य भयो।
महन्थ समुहबाट मन्त्री बन्न सक्ने सांसद
सरकारले महन्थ समुहको माग सम्बोधन गरेको खण्डमा केहिदिनभित्रै जसपा सरकारमा जाने छ। राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने तयारीमा रहेको जसपाले ८ मन्त्रालय पाउने लगभग निश्चित भइसकेको छ।
जसपाका तर्फबाट सम्भावित मन्त्रीहरुको रुपमा राजेन्द्र महतो, शरत सिंह भण्डारी, अनिलक कुमार झा, राजकिशोर यादव, उमाशंकर अरगरिया, प्रमोद शाह, इकवाल मियाँ, चन्दा चौधरीको नाम चर्चामा छ। यसबाहेक पनि जसपाले थप केहि मन्त्रालय पाउने सम्भावना समेत छ।