चीनबाट थप ९७५ वटा अक्सिजन सिलिण्डर नेपाल भित्राएको छ। नेपाल वायुसेवा निमगको वाइडबडी जहाले आइतबार र र सोमबार गरि थप ९ सय ७५ वटा अक्सिजन सिलिण्डर चीनको राजधानी बेइजिङबाट काठमाडौं ल्याएको हो।
योसँगै अब चीनबाट कुल १ हजार ३७५ वटा सिलिण्डर नेपाल आएका छन्। यी उडानाबट कुल १ सय ५७ थान अक्सिजन कन्सनट्रेटर समेत नेपाल आएको छ। नेपाल वायुसेवा निगमको जहाज आज र भोलि पनि थप सिलिण्डर लिन बेइजिङ जाँदैछ।