झन्डै २ दशक भन्दा बढि भयो होला, कुरा २०५४ सालतिरको हो। म सानै थिए, स्कुले बच्चा, मेरो घर काभ्रे जिल्लाको तत्कालिन अनैकोट हाल पाँचखाल नगरपालिका वार्ड २ जुन ठॉउमा त्यतिवेला झन्डै दुईतिहाई माओवादितिरै थिए।
मेरो घरमा नजिकैको भिनाजु पर्नेको किराना पसल थियो। हामि बसिरहेका थियौ। माथितिरवाट एक हुल माओवादी आए। झन्डै २५–३० जना थिए होलान्। त्यो हुलमा मेरो सानिआमाको घरसँगैको १ जना दाई हुनुहुन्थ्यो। ती माओवादीहरुले निकै मिठो बोलेर मलाई पनि संगै लगेर जाने जस्तो कुरा गरे, म थोरै डराए। त्यहि समुहमा चिनेकै दाई भएकाले अलिक सहज भयो र हामि पछि आउछौँ सँगै जानुपर्छ भन्दै उनीहरु पाँचखालतर्फ ओरालो लागे। कता गए केहि थाहा भएन्।
दुई दिनपछि गाँउमा नयाँ भेषमा २ जना गाँउ छिरे। जतिवेला सुनिन्थ्यो प्रचन्ड र बाबुराम जोगिको भेषमा हिन्छन अरे। तेतिवेला जो जोगि देखे नि प्रचन्ड वा बाबुराम हो कि भन्ने लाग्थ्यो।
समय चल्दै गयो केहि समयपछि गाँउमा झन्डै ३०–४० वटा गाडिमा आर्मि, पुलिस अनि दंगा प्रहरी लगातार वारिबाट र पारिवाट माथितिर गए। गाँउ नै त्रसित भयो। सबै डराईरहेका थिए केहि, छिनमै गोलिको बर्षात भयो ७ जना माओवादि अनैकोटमा मारिए। झन्डै युद्दको सुरुवाती चरणतिरै हुनुपर्छ।
त्यसपछि मानिसको मनमा डरको अर्को नाम माओवादि भनेर पस्यो। लगातार देशैभरि यस्ता युद्द हिंसा लुटपाट बढ्दै गयो। यो क्रम बृहत शान्ति सम्झौतामा आएर टुङ्गीयो। देश गृहयुद्दको दलदलवाट त उम्कियो तर शुरु भयो संसदिय राजनितिमा प्रचन्डको ईन्ट्रि।
२०६४ को चुनावमा देशकै प्रथम पार्टी भएर आयो माओवादि। संगै देखिन थाल्यो उनीहरुको दम्भ, घमन्ड, अहंकार अनिल युद्धको धङधङी। काठमान्डौका सडकमा ट्राफिकभन्दा बढि वाईसियल देखिन थाले। जताततै क्याम्पहरु खुले, झनै खुलेआम लुटतन्त्र र दादागिरि चल्न थाल्यो। १ जना वाईसियल उभिदा १० औँ जना मानिस हच्किने अवस्था थियो। अब भन्नुस कसरि देश शान्तिप्रकियामा गयो? झनै अशान्ति र लुटपाट, दिनडाहडै डकैति, फिरौति, कानुनी रुपमै छुट दिएर जंगलवाट सहर छिराएको जस्तो प्रवृति माओवादिको कार्यकर्तामा थियो भने प्रचन्ड बाबुरामहरु संसदिय राजनितिमै आफुँलाई माहिर खेलाडिका रुपमा उभ्याईरहेका थिए।
यतिवेलासम्म प्रचन्ड बाबुरामले अर्बौ–अर्ब चन्दा र बैंक लुटेका पैसा कति स्विस बैंकमा त कति दुबई अनि कति भारतमा त कति उनीहरुको लगानीमा नेपालमै नयाँ उद्यगपतिहरु निस्किए। जो–जो नयाँ उद्योगपति आए, प्रचन्डसंग जोडिएका र उनैको लगानीबाट हालसम्म छन्। तर बिडम्वना, अहिलेपनि उनि भन्छन् ४ ताेला सुन १ कठ्ठा जमिन र एउटा मोवाईल सेट बाहेक मेरो केहि सम्पति छैन्, र नेपाली जनता यो कुरा पत्याउन बाध्य छन्।
समय न हो, पहिले संबिधानसभाले देशमा संविधान दिन सकेन् फेरि मुलुक निर्वाचनमा जाने भयो। यता मोहन बैद्य र बिप्लवले साथ छोडिसकेका थिए। देश चुनावमा गयो। काँग्रेस प्रथम पार्टि भयो। यो क्रम २०७४ सम्म आउँदा माओवादिको अस्तित्व नै संकटमा थियो। प्रचन्ड र केपि ओलिलगाएत केहि नेताको पहलमा चुनाव अघि नै चुनावी एकता र पार्टि एकताको घोषणा गरे जुन कम्युनिष्ट आन्दोलन र एकतालाई देशी–बिदेशी शक्तिले चासोको साथ हेरिरहेका थिए।
चुनाव भयो झन्डै २ तिहाई मत कम्युनिष्टहरुले प्राप्त गरे। माओवादि फेरि सेफल्यान्डिंग भयो। तर, आम कार्यकर्ता र भुगोलको माग र मनसाय के छ ? भन्दा पनि भागवन्डाको राजनितिले स्पेस पाउँदै गयो। केपि ओलि मुलुकको प्रधानमन्त्री हुनुभएलगत्तै शुरु भयो सरकार गिराउने र असहयोग गर्ने खेलोमेलो। नेपालको पछिल्लो राजनितिक घटनाक्रमबारे सबै जानकार नै छौ। भनिन्छ जब आफ्नालाई सिध्याउन पराएसँग सल्लाह लिईन्छ त्यहिबाट उसको पतन शुरु हुन्छ। त्यस्तै भयो प्रचन्डको हविगत पनि।
हुनत यस्मा मुख्य दोषि माधव नेपाल र बामदेव गौतम पनि हुन् तर प्रचन्डले आफुँलाई जुन हाईटमा उभ्याएर पार्टि एकतापछि पनि आफ्नो आसेपासेहरुलाई स्पेस दिदैँ गईरहेका थिए, सभासद, गृहमन्त्रि, मन्त्रीहरु, राजदुत माधव नेपालका भन्दा बढि प्रचन्डकै थिए। सम्बन्ध पनि केपि ओलि र प्रचन्डको राम्रै थियो। एमाले कार्यकर्ताले पनि नेता स्विकारिसकेका थिए प्रचन्डलाई। तर के पुगेन? केपि ओलिपछि ठुलो पार्टिको अध्यक्ष र भाबि प्रधानमन्त्रि पनि उनिनै बन्ने आँकलन थियो।
बरु केपि ओलिको र माधव नेपालबिचको गुटको आन्तरिक द्वन्दमा खेलेको भए उनि सफल हुने थिए होला। भलै उनको राजनितिक लडाई भबिष्यमा जो संग छ, उनैसंग मिलेर केपि ओलिसँगको हारिने लडाईमा लाग्नु नै उनको अदुरदर्शिता हो।
उनि केपि ओलिसंगको लडाई जितेकै भएपनि त पछि पार्टि अन्तरसंघर्षमा उनको लडाई माधव नेपाल, बामदेव गौतम र ईश्वर पोखरेललगायत सँग हुने थियो। प्रचण्डलाई उनकै निकटहरुले पनि पार्टि एकता पहिले सकौँ, देशलाई स्थायित्व दिऔँ, सरकार परिवर्तन र अस्थिर राजनितिको खेलमा नलाग्नुस भनेकै हुन। तर, उनी माधव नेपालको मायाजालमा यसरि परे कि एउटा भनाई छ नी, ‘बिगतको सिकाई, भविष्यको सम्झना अनि वर्तमानको कर्मले तिमीलाई सफल या असफल बनाउछ।’
केपि ओलिलाई सक्काउने र सरकार ढाल्न जव कहिले मधेस त कहिले बुढानिलकन्ठ अनि कहिले कोटेश्वर। यसरि भौतारिनुमा कमरेड प्रचन्ड तिम्रो अपारदर्शिता र अदुरदर्शीता दोषि छ। तिम्रो अपारदर्शी सम्पति र अपारदर्शी राजनितिले तिमि आफैँलाई अपारदर्शी बनाईदिएको छ। अझै केहि बिग्रेको छैन्, समय छ, अझै सत्ता परिवर्तनको खेलमै ब्यतित छौ। अब त आँखा खुल्नपर्ने हो। यो कोरोनाको कहरमा जनताको पिडामा समय देउ, सरकारलाई सहयोग गर। समय छ, मैदान पनि छ अहिले राजनिति बिगार्ने बेला हैन। पछि खेल्नु तर बिन्ति अहिले सबै दल कोरोना माहामारिको लागि निस्वार्थ लागौ।