सत्तारुढ दल नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठक बस्दै छ। बैठक मंगलबार ३ बजे सिंहदरबारमा बस्दैछ।
एमालेभित्र जुटेको सहमति कार्यान्वयनको मापदण्ड तय गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदल बनाएका थिए। १० सदस्यीय कार्यदलमा ओलीपक्षका ५ र नेपाल पक्षका ५ नेताहरु छन्। कार्यदलमा ओली पक्षको नेतृत्व सुवासचन्द्र नेम्वाङले गरेका छन् भने नेपाल पक्षको नेतृत्व भीम रावलले गरेका छन्।
कार्यदलमा नेम्वाङ र रावलसहित विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, रघुजी पन्त र विष्णु रिमाल रहेका छन्।
लामो समयको टकरावपछि ओली र नेपाल पार्टीलाई एक बनाउन जुटेका थिए। गत ३१ वैशाखमा लामो वार्तापछि ओली र नेपाल समूहबीच विवाद समाधान गर्दै अघि बढ्ने सहमति भएको थियो। नेपाल पक्षले एमालेलाई २ जेठ २०७५ बाट सञ्चालन गर्नुपर्ने बटमलाइन राखेपछि ओली यसमा सहमत भएका थिए। सोही समहति कार्यन्वयनका लागि उक्त कार्यदल गठन गरिएको हो।