काठमाडौं – स्याङ्जाका सुरज केसी काठमाडौं छिरेको १५ वर्ष भयो। विद्यार्थीको रुपमा काठमाडौंमा पाईला टेकेका उनी अहिले एक सफल युवा व्यवसायीको रुपमा चिनिन्छन्। सिजी ग्रुपबाट आफ्नो जागीरे जिवन शुरु गरेका केसीले एशियन पेन्टस, पेप्सीलगायतका प्रतिष्ठित कम्पनीहरुमा काम गरे। उनले क्याम्पसमा अध्यापकको रुपमा समेत विद्यार्थीहरुलाई पढाए।
आफ्नो जागीरे जिवन चलिरहँदा नै उनले शैक्षिक परामर्श व्यवसायमा हात हालेका थिए। केहि वर्ष साझेदारीमा शैक्षिक कन्सलटेन्सी चलाएपछी उनले २०७५ सालदेखी आफ्नै कन्सलटेन्सी शुरु गरे, बिग एजुकेशन फाउण्डेशन।
बिग एजुकेशन फाउण्डेशन बानेश्वर चोकमा छ। र यसलाई सम्हालीरहेकी छन् केसी श्रीमती शर्मीलाले। ‘अरु व्यवसायहरु पनि भएकाले मैले यहाँ बिहानमात्रै समय दिइरहेको छु’ बिग एजुकेशनका प्रमुख समेत रहेका केसी भन्छन्, ‘उहाँले नै अहिले सबै जिम्मेवारी सम्हालीरहनुभएको छ।’
शर्मिलाले व्यवसाय धान्न थालेको लगभग २ वर्ष हुन थाल्यो। प्रमुख कार्यकारी अधिकृत (सिइओ)को भुमिका निर्वाह गरिरहेकी शर्मिलाको मातहतमा अहिले ८ जना कर्मचारीहरु छन्। ‘शुरु–शुरुमा त अलि अप्ठ्यारो नै भयो,’ शर्मीला आफ्नो अनुभव सुनाउछिन्, ‘टिमको मेहनत र समपर्णले गर्दा अहिले सबै कामहरु सजिलै भइरहेको छ।’
बिशेषगरी अष्ट्रेलिया, क्यानडा, युके र जापानको लागि शैक्षिक परामर्श र विद्यार्थीहरुलाई आवश्यक अन्य सेवा दिँदै आएको बिग एजुकेशनबाट अहिलेसम्म हजारौ विद्यार्थीहरुले सेवा लिइसकेका छन्। आईएलटिएसलगायतका अंग्रेजी र जापनिज भाषा समेत यहाँ पढ्न सकिन्छ।
‘हामी विद्यार्थीलाई उचित परामर्श दिनुपर्छ भन्नेमा सचेत छौ,’ शर्मीला भन्छिन्, ‘विद्यार्थीहरुलाई बाहिर पढ्न जाने प्रकृयालाई सहि तरिकाले सम्पन्न गर्नको लागि हाम्रो टिम सधै लागिपरेको छ।’ विद्यार्थीहरुलाई राम्रो सेवा दिनका लागि आफ्ना कर्मचारीहरुलाई विभिन्न तालिम समेत दिलाउने गरेको उनले बताईन्।
कोरोनाभाइरसको महामारीका कारण भएको लकडाउनले गर्दा अहिले बिग एजुकेशनको कार्यालय बन्द छ तर, यसका सेवाहरु भने अझै सुचारु नै छन्। ‘हामी अनलाइन र टेलीफोनमार्फत विद्यार्थीहरुलाई आवश्यक सेवा र परामर्श दिइरहेका छौ,’ शर्मीला भन्छिन्, ‘यो समयमा विद्यार्थीहरुले आवश्यक तयारी गर्न सक्छन।’