निर्माता तथा निर्देशक दिपाश्री निरौला चलचित्रकर्मी कल्याण कोषको सञ्चालक समितीमा नियुक्त भएकी छन्। चलचित्र बिकाश बोेर्डको बैठकले उनलाई सञ्चालक समिती सदस्यामा नियुक्त गरेको हो।
यसबारे जानकारी दिँदै निरौलाले धन्यवाद ज्ञापन गरेकी छन्। ‘चलचित्रकर्मी कल्याण कोषको सञ्चालक समितीमा मलाई सदस्य नियुक्त गर्नुभएको मा मलाई धेरै खुशी लाग्यो,’ उनले आफ्नो फेसबुकमा लेखेकी छन्, ‘मैले सकेको देखेको सबै सेवा मन देखी गर्नेछु ,बसु दिज्जु (बसुन्धारा भुषाल) यस्तो पुण्य काम को लागी मलाई सम्झीनुभयो धन्यबाद हजुर लाई।’
चलचित्र बिकाश बाेर्डका अध्यक्ष दयाराम दाहालकाे अध्यक्षतामा बसेकाे बैठकले निराैलाइ नियुक्त गरेकाे हाे।