मोरङमा महिलाको हत्या गरेको आरोपमा ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा महिलाका श्रीमान्, ससुरा, सासु र देवरलाई मोरङ प्रहरीले पक्राउ गरेको हो।
मोरङको रंगेली नगरपालिका–३ की २४ वर्षे अनिता यादवको हत्या गरेको आरोपमा उनका श्रीमान बेचन यादव, ससुरा, सासु र देवर विनोद यादवलाई पक्राउ गरिएको हो। बुधबार बिहान रङ्गेली–३ स्थित तिलुवा चोक नजिकको नहरमा अनिताको शव हत्या गरिएको अवस्थामा फेला परेको थियो।
मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काका अनुसार घरदेखि करिब डेढ किलोमिटर दक्षिणमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा अनिताको शव फेला परेपछि अनुसन्धानका लागि अनिताका श्रीमानसहित परिवारका अन्य सदस्यलाई नियन्त्रणमा लिइएको हो।
घरका सदस्यले मिलेर हत्या गरेको आशंका उनीहरुलाई पक्राउ गरिएको र यस विषयमा आवश्यक अनुसन्धान भइरहेको एसपी खड्काले जानकारी दिएका छन्।