राजस्थानको जोधपुरमा छोरीले आफ्नै बुवाको हत्या गरेकी छिन्। हत्यापछि प्रहरीले आरोपी युवतीलाई नियन्त्रणमा लिइसकेको छ। समाचारमा उल्लेख गरिएअनुसार युवतीका जडियाँ बाबुले उनलाई बलात्कार गर्ने प्रयास गरेका थिए। आफूलाई बचाउन युवतीले बुबामाथि लाठी प्रहार गरेकी थिइन्। त्यही लाठी लागेर उनको बुबाको मृत्यु भएको हो।
भारतीय सञ्चारमाध्यम आजतकमा बताइएअनुसार रक्सी खाएर मृतकले सधैं छोरीलाई अभद्र व्यवहार गर्ने गरेका थिए। सोमबार राति पनि रक्सी खाएर आएपछि युवतीलाई उनले छोरीलाई बलात्कार गर्ने प्रयास गरेका थिए।
युवतीले आफ्नो बचाउका लागि नजिकै रहेको लाठी बुवालाई प्रहार गरेकी थिइन्। त्यसपछि उनका बाबु जमिनमा रगताम्य भएर लडेका थिए। त्यसपछि युवती आफ्नो आमासँग गएर सुतेकी थिइन्। बिहान उठ्दा उनको बाबुको मृत्यु भइसकेको थियो।
डिसीपी धर्मेन्द्र सिंहका अनुसार मृतकको उमेर करिब ४० वर्ष छ। अत्यधिक रक्सी सेवन गर्ने भएकाले मृतक र उनको पत्नीबीच पनि झैझगडा भइरहन्थ्यो। उनले छोरीसँग यस्तो दुर्व्यवहार पहिले पनि गरेका थिए। तर, परिवारले यसलाई सार्वजनिक गरेका थिएनन्। यसबाहेक उसले आफ्नो श्रीमतीलाई जलाउने प्रयास पनि गरेका थिए। भारतीय प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।