कोरोना संक्रमणबाट महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको निधन भएको छ। दुई हप्ताअघि संक्रमण पुष्टि भएका केसीको बिहीबार निधन भएको हो।
प्रहरी संगठन भित्र इमानदार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको रुपमा परिचित केसी स्वास्थ्यमा समस्या आएपछि प्रहरी अस्पतालमा उपचारत थिए।
उनी कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका उनको बिहीबार सबिहान निधन भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छन्।