कोरोना महामारीका कारण पहिलो पटक लकडाउन हुँदा फुर्सदिला भएका थिए, युवा व्यवसायी सुदिपचन्द्र बख्रेल। विभिन्न व्यवसायमा आवद्ध सुदिप कहिल्यै त्यति फुर्सदिला भएका थिएनन्। शुरुका केहि दिन त उनी घरमै बसे, लकडाउन खुली पो हाल्छ की भन्ने आशामा।
करिव एक साता घरभित्रै बसेपछी भने उनले लकडाउन लामै जान सक्ने अड्कल काटे। अनि निस्किए घरबाट मुखमा डबल मास्क अनि हातमा सर्जिकल पञ्जा लगाएर। पुतलीसडकस्थित स्टार मलको पहिलो तल्लामा उनको एउटा कार्यालय छ, त्यहि पुगे उनी। धेरैबेर एक्लै बसे त्यहा, घोरीएर।
टेबलको मोबाइल उठाए अनि नम्बर डायल गरे। त्यो फोन उनले आफ्नो नजिकको साथी अनि व्यवसायिक साझेदार सुरज केसीलाई गरेका थिए। ‘गुरु, के छ खबर? के गर्दै? यसो सामाजिक दुरी कायम गर्दै भेटौँ न, दुई मिटरको दुरीमा बसेर यसो सल्लाह गर्नुपर्ने भयो,’ सुदिपले फोनमा जिस्किदैँ भने।
‘भैहाल्छ नि गुरु, ल म एकछिनमा निस्किन्छु है त ? ३ बजेतिर भेटौँला,’ उताबाट सुरजको आवाज आयो।
तीन बजे भेट भएपछी उनीहरु एकछिन गफिए, त्यसपछी शुरु भयो केहि गम्भिर छलफल। छलफल, केहि गर्नका लागि। छलफल, फुर्सदको समय सदुपयोग गर्नको लागि। छलफल, केहि आर्थिक आम्दनीको बाटो खोल्नका लागि।
त्यहि छलफलबाट जन्मिएको हो, रिटेल सेवा। जसले अहिले काठमाडौंका घरघरमा आवश्यक सामग्रीहरुको होम डेलिभरी गरीरहेको छ। ‘शुरुमा हामीले स्टार मलमै एउटा स्पेस लिएर काम थाल्यौ,’ सुदिप रिटेल सेवाको शुरुआती दौर सुनाउछन्, ‘मास्क, सेनिटाइजर, ह्याण्डवास, थर्मल गन, पिपिईजस्ता स्वास्थ्य सामग्रीहरुको माग धेरै थियो। त्यसैको रिटेल व्यापार शुरु गर्यौ, अनलाइनमार्फत।’
रिटेल सेवाले शुरुआतदेखी नै राम्रो गरेको सुरज बताउछन्। उपभोक्ताको मागअनुसारको सामग्रीहरु उपलव्ध गराउन सकेकोले नै ग्राहकहरुले रिटेल सेवामाथि विश्वास गरेको उनको ठम्याई छ। ‘हामीले मुल्य र गुणस्तरमा कहिल्यै सम्झौता गरेनौ,’ सुरज भन्छन्।
यसरी नै समय बित्दै थियो। लकडाउन पनि खुल्यो। रिटेल सेवासँगै सुदिप र सुरजको अन्य व्यवसायहरु पनि सामान्य अवस्थामा फर्कन थाल्यो। महामारी केहि हदसम्म नियन्त्रणमा आइसकेको थियो। त्यसैले स्वास्थ्य सामग्रीहरुको माग पनि पहिलेजस्तो हुन छाड्यो।
‘अब भने केहि बदलाव आवश्यक भयो,’ सुदिपले भने, ‘हामीले त्यसपछी घर–घरमा चाहिने बस्तुहरुको सप्लाई शुरु गर्यौ।’ रिटेल सेवाले अहिले एउटा घरको भान्सामा चाहिने खाद्य वस्तुलगायत घरमा चाहिने सामग्रीहरु अनलाइन मार्फत बेच्न शुरु गरेको उनले बताए।
यससँगै रिटेल सेवामा २ जना सदस्यहरु पनि थपिए, सन्तोष बास्तोला र ईमाम कासिफ। ‘रिटेल सेवालाई व्यवस्थापकिय रुपमा चुस्त बनाउनु मेरो कर्तव्य,’ सन्तोष भन्छन्, ‘ग्राहकको सन्तुष्टि र कर्मचारीको तन्दरुस्ती बढाउने प्रयास निरन्तर चलिरहेको छ।’
यता आईटि पेशामा आबद्ध कासिफको आगमनले रिटेल सेवालाई थप प्रभावकारी बनाइरहेको छ। ‘इकमर्श हो, पक्कै पनि धेरै टेक्निकल कामहरु हुन्छन,’ आफ्नो भुमिकाबारे स्पष्ट पार्दै उनी भन्छन्, ‘ग्राहकले सहजै सेवा लिन सकुन भन्ने कुरालाई मध्यनजर गरेर अघि बढीरहेको छु।’
रिटेल सेवा अहिले स्टार मलबाट सरेर शंखमुल पुगेको छ। पहिलाको स्थान सानो भएपछी एउटा घर नै लिएर शंखमुलबाट चल्दैछ रिटेल सेवा। ‘हामी अर्डर लिएपछी कुनै पसलमा गएर लिने अनि डेलिभरी गर्ने गर्दैनौ,’ रिटेल सेवाका व्यवस्थापक यूनिक पुडासैनी भन्छन्, ‘हामी पहिला गुणस्तर हेरेर सामान किन्छौ अनिमात्र विक्री खुल्ला गर्छौ।’
गुणस्तरमा सम्झौता नगरेको कारण नै अहिले ग्राहकमाझ रिटेल सेवाले राम्रो छाप छोडीरहेको व्यवस्थापक पुडासैनी दावी गर्छन्। ‘गुणस्तर त हाम्रो पहिलो प्राथमिकता नै हो,’ पुडासैनीले थपे, ‘महामारी चलिरहेको छ, यस्तो बेलामा अपनाउनुपर्ने सुरक्षाप्रति पनि हामी उत्तिकै सचेत छौ।’ डेलिभरीका लागि जाने कर्मचारीहरुले कोरोनाभाइरस संक्रमणप्रति पुर्ण सचेतना अपनाउने गरेको उनले बताए।
लकडाउनको समयमा पनि रिटेल सेवाले आफ्नो सेवा प्रभावकारी रुपमा जारी राखेको व्यवस्थापक पुडासैनीले जानकारी दिए। ‘लकडाउन छ, बाहिर निस्कन गाह्रो छ,’ पुडासैनीले भने, ‘उपत्यकाभित्रका हरेक घर–घरमा सहज रुपमा समान पुर्याउने व्यवस्था गरेका छौ।’
रिटेल सेवाले अहिले घरायसी समानसँगै, इलेक्ट्रोनिक्स, केक, स्वास्थ्यसामग्री लगायतको अनलाइन ट्रेडिङ गरिरहेको छ। सेवा लिनका लागि ग्राहकहरुले रिटेल सेवाको वेभसाइट www.retailsewa.com अथवा रिटेल सेवाको फेसबुक र इन्स्टाग्राम पेजमा गएर अर्डर गर्न सक्छन्।
