चिनको युन्नान राज्यमा शुक्रबार शक्तिशाली भुकम्प गएको छ। दक्षिण–पश्चिमी चिनिया प्रान्त युन्नानमा ६.१ रेक्टर स्केलको शक्तिशाली भुकम्प गएको भूगर्भीय सर्वेक्षणले जनाएको छ।
भुकम्पको केन्द्रबिन्दु डाली शहरको नजिक रहेको छ, जुन लोकप्रिय पर्यटन स्थलको रुपम चिनिन्छ।
चिनिया अधिकारीहरुले भुकम्पपछी मानिसहरूलाई भवनहरूदेखि टाढा रहन चेतावनी दिएका छन्। भुकम्पका कारण भएको क्षतीको बिवरण भने अहिलेसम्म प्राप्त भएको छैन्।
युन्नान भूकम्पको उच्च जोखिममा रहेको क्षेत्र हो।