‘वीरगञ्जलाई बदनाम गर्ने अधिकार तपाईलाई कसले दियो नि रावल जी? त्यस्तो कुरा पनि बिना छानबिन लेख्ने होर कन्डक्टर साहेब? यस्तालाई कडा कारवाही गरियोस।’ वीरगञ्जका साविर अंसारीले आफ्नो फेसबुकमा लेखेको स्ट्याटस हो यो। साविरले यो ट्याटससँगै एउटा ‘स्कृनशट’ पनि पोष्ट गरेका छन्।
जसमा लेखिएको छ, ‘वीरगञ्जमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको ठुलो संख्या रहेको समाचार आयो। प्रमं केपी ओलीको निशेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशीलाई समेत चकलेट बाँडे जस्तै गर्नलाई होकी? नेपाली जनतालाई जवाफ चाहियो। सम्पुर्ण देशभक्त नेपाली राष्ट्र जोगाउन सकृय बनौँ१’ नेकपा एमालेका पुर्वउपाध्यक्ष डा. भिम रावलको ट्वीट हो यो।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतीले नागरिकतासम्बन्धि बिधेयक अध्याधेशबाट जारी गरेपछी डा. रावलले गरेको यो ट्वीट निकै बिवादीत बनेको छ। हुन त डा. रावल नेपालका बौद्धिक नेतामा गनिन्छन्। स्पष्ट वाकशैली उनको अर्को बिशेषता हो। तर, सार्वजनिक रुपमा यस्तो ‘कमशल’ धारणा राखेपछी उनको बौद्धिकतामाथि नै प्रश्नचिन्ह खडा भएको छ।
बुद्धिजिवी, पत्रकार तथा मधेश मामिलाका जानकार चन्द्रकिशोर सोही स्कृनशटसहित आफ्नो फेसबुकमा लेख्छन्, ‘यदि तपाई उही बरिष्ठ राजनीतिकर्मी र पूर्व गृहमन्त्री हो भने, सर जी यसरी अफवाह फैलाउने काम तत्काल रोक्नुस। जय नेपाल, जय नेपालवासी।’
नागरिकता बिधेयकको बिरोध गर्ने यो शैली वीरगञ्जवासीलाई फिटिक्कै चित्त बुझेको छैन्। उनको यस्तो ट्वीट आएपछी जान्नेबुझ्नेहरु नै पनि उनको मानसिक सन्तुलन गुम्यो भन्नेसम्मको टिप्पणी गरिरहेका छन्। नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा वीरगञ्जका दिग्गज पत्रकार केसि लामिछाने लेख्छ्न्, ‘वीरगञ्जबाट एमालेका पुर्ब नेता डा. भिम रावललाई पागल करार गारिदै छ। हैन बुढाले एमालेबाट निकालिएको रन्कोमा नचाहिने कुरा गरे कि क्या हो?
बिबिसी नेपाली सेवाकी वीरगञ्जस्थित संवाददाता एवम् नारायणी एफ.एम.की समाचार सम्पादक माधुरी महताेले भोजपुरीमा ठट्यौली पारामा स्ट्याटस लेख्दै डा. रावलको दिमागी उपचार गर्नुपर्ने बताईन्। उनी लेख्छिन्, ‘काजाने इन्कर बुझाता आइज.. इयर औरी दिमाग... सबके ट्रिटमेन्ट करावल जरुरी बा। नागरिकताके विषय त बादमे। पैले इन्का वीरगञ्ज बोलाके निमन डाक्टरके हवाले करेके पडी।’ अर्थात, ‘लाग्छ उहाँको आँखा, कान र दिमागको उपचार गराउनु जरुरी छ। नागरिकताको विषय त पछी गरौँला। पहिला उहाँलाई वीरगञ्ज बोलाएर राम्रो डाक्टरको जिम्मा लगाउनुपर्छ।’
जनता समाजवादी पार्टी नेपाल (जसपा) विद्यार्थी नेता निखिल वर्णवाल लेख्छन्, ‘एक जमाना मे एगो “पागल” रहे, आज लोग ओकरा के “रावल” कहेला।’ अर्थात, ‘एक जमानामा एउटा पागल थियो, आज मान्छेहरु उसलाई रावल भन्छन्।’
भोजपुरीया एफ.एम.का निर्देशक तथा अर्का दिग्गज पत्रकार महेश दास पनि डा. रावलप्रति आक्रोशित देखिए। उनले त झन रावलको पिएचडिमाथी नै शंका गर्दै लेखे, ‘नेकपा एमालेको पुर्व नेता भिम रावल राष्ट्रिय फटाहा नै रहेछन्। वीरगञ्जमा लकडाउन निषेधाज्ञा छ। जिल्ला प्रशासनमा आकस्मिक र कोभिड नियन्त्रणको काम बाहेक सबै सेवा बन्द छ अनि कहाँबाट आज हेरे नागरिकता लिनेको भिड यी कथित नेताले? फेरी बिहारमा पनि लकडाउन छ। सिमा आवतजावत पुर्ण बन्द छ अनि कसरी बिहारबाट मानिसहरु आएको हेरे यी कथित पुर्व नेताले? झुटको खेती, फटही गर्नमा पो पिएचडी गरेका रहेछन्।’
डा. रावलको बिरोधमात्र होइन बचाउमा पनि केहि व्यक्तिहरु अघि सरेका छन्। नेकपा एमाले पर्साका युवा नेता (माधव–झलनाथ समुह) अरुण यादवले रावलको वचाउ गर्दै लेखे, ‘वीरगञ्जको पर्सामा नागरिकता लिनेहरुको बिहान ९, १० बजे तिर जिल्ला प्रशासनको अगाडि भिड लागेको कुरा सहि हो तर जिल्ला प्रशासन कार्यालय बन्द रहेको हुँदा जिल्ला प्रशासन अगाडिको पसलबाट नागरिकताको फारम अहिलेदेखि लिएर गएका छन। अहिलेदेखी नै प्रक्रिया पुर्याएर फारम भरेर राख्ने र खुल्ने बित्तिकै शुरुमै दर्ता गराएर शुरुमै लिनेहरुको जमात ठूलो छ। विगतमा भिडभाड हुँदा कुपन सिस्टम गरेर दिने गरियो तर कुपन लिएका कतिपयको पालो आउँदा–आउँदा अदालतको निर्णय पछि बन्द भयो। त्यही भएर शुरुवातमै लिनेहरुको भिडभाड भएको छ, नागरिकता लिनेको संख्या यता ठूलो छ।’
डा. रावलले गरेको ट्वीटमा पनि राम्रै जुहारी चल्याे र अन्तत उनी त्याे ट्वीट हटाउन बाध्य भए।