संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टनी ब्लान्केन गाजा युद्धविरामलाई तार्किक निश्कर्षमा पु¥याउने उद्देश्यका साथ मध्यपूर्वको यात्राको क्रममा इजरायल पुगेका छन्। उनी एक दशकभन्दा बढी समयसम्म अबरूद्ध बनेको बृहत् शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पु¥याउन मध्यस्थताका लागि मध्यपूर्वको भ्रमणमा गएका हुन। प्यालेस्टिनी विभाजन तथा इजरायली कट्टरपन्थी नेतृत्वका कारण जेरूशेलम र वरपरको पवित्र धार्मिक स्थलहरूमा एक दशकभन्दा लामो समयदेखि शान्ति प्रक्रियाका लागि जटिल समस्या बनेको बिषयलाई मिलाउन उनले सहजीकरण गर्ने बताइएको छ।
केही दिन पहिले रोकिएको ११ दिन लामो गाजा द्वन्द्वका कारण २५० व्यक्तिले ज्यान गुमाएका छन्। मारिनेमा अधिकांश प्यालेष्टिनी परेका र इजरायली तथा प्यालेष्टिनी पक्षबीच भउका रकेट आक्रमणका कारणकम्तीमा १०० महिला तथा बालबालिकासमेतको मृत्यु भएको थियो। दोहोरो युद्धमा गरीव समुद्री तटवर्ती इलाकामा व्यापक भौतिक संरचनाको समेत विनाश भएको थियो। ब्लाइन्केनले इजरायल र पश्चिमी देशहरूले आतंकवादी ठान्ने गाजाका अतिवादी हमास शासकहरू संलग्न नगरी पुनर्निर्माण समन्वयमा ध्यान केन्द्रित गर्ने अपेक्षा राखिएको छ।
शुक्रबारदेखि बार्यान्वयनमा आएकोे युद्धविराम सम्झौताले अझै कुनै पनि अन्तर्निहित मुद्दाहरूलाई सम्बोधन गर्न नसकेको धारणा आइराखेका समय भएको अमेरिकी विदेशमन्त्री ब्लाइन्केनको भ्रमण लाई गाजा क्षेत्रमा द्वन्द्व अन्त्य गर्ने प्रयासका रूपमा लिइएको छ। वर्तमान् अमेरिकी राष्ट्रपति जो बाइडेन सत्तामा आएपछि मध्यपूर्व पुग्ने ब्लाइन्केन पहिलो उच्च पदस्थ अमेरिकी अधिकारी हुनुहुन्छ। जो बाइडेनको आगमनसँगै यस क्षेत्रको जटिल समस्याबाट अमेरिकालाई बाहिर राख्ने र जलबायु परिवर्तनको मुद्दा र चीनसँगको प्रतिस्पर्धामा केन्द्रित हुने आशा गरिरहेका समय इजरायलले गाजामा गरेको आक्रमणपछि आफ्ना धेरै पूर्ववर्तीहरूजस्तै बाइडेन पनि पनि मध्य पूर्वमा व्याप्त हिंसाको अर्को संस्करणमा तानिएका छन।
अमेरिकी विदेशमन्त्री इजरायलबाट आफ्नो यात्रा सुरु गरेका छन्। इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू दुई बर्षमा चौथो निर्णायक निर्वाचन पछि आफ्नो राजनीतिक जीवनको लागि लडिरहेका समय इजरायली ठूलो समूहबाट कडा आलोचना खेपिरहेका नेतान्याहूसँग भेट्ने कार्यक्रम रहेको छ। नेतन्याहुलाई इजरायली कट्टरवादी समूहहरूले प्यालेस्टेनी आक्रमणलाई निस्तेज पार्न वा गाजाका कट्टरपन्थी हमास शासकहरूलाई भारी चोट नपु¥याएको समेत आरोप लागेको छ।
जरूशलेमको इजरायली प्रहरी र प्यालेस्टाइन प्रदर्शनकारीबीच अल–अक्सा मस्जिद परिसर र यसका वरिपरिको इलाकामा हप्तौंसम्म चलेको झगडाले यो युद्धलाई निम्त्याएको थियो। इजरायलले मुसलमानको पवित्र रमजान महिनामा उक्त क्षेत्रमा बसोबास गर्ने यहूदी बस्तीले दर्जनौं प्यालेस्टिनी परिवारलाई धम्की दिएको भन्दै पछिल्लो युद्धको सुरूवात भएको थियो।
नेतान्याहूले अल–अक्सा वा बेदखलीहरूसम्बन्धी कुनै सार्वजनिक सहुलियतहरू लिने सम्भावना छैन किनकि यो हमासको मागलाई मानेको जस्तो देखिन्छ। ब्लाइन्केनले छिमेकी इजिप्ट र जोर्डनको पनि भ्रमण गर्ने कार्यक्रम छ । शुक्रबार भएको युद्धविरामपछि पनि कतिपय हिंसात्मक घटना भइरहेका समय अमेरिकी विदेशमन्त्रीको आवागमनलाई महत्वकासाथ लिइएको छ।रासस