नेपाल रेडक्रस सोसाइटी प्रदेश २ को कार्यालयद्वारा जिल्ला कोभिड–१९ व्यवस्थापन समितिलाई कोरोना महामारीमा प्रयोग हुने स्वास्थ्य सामाग्रीहरु हस्तान्तरणा गिरएकाे छ। नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका सभापति विरेन्द्र राज कँडेलको सभापतित्वमा भएको हस्तान्त्रण कार्यक्रममा प्रमुख अतिथी रेडक्रस प्रदेश २ का अध्यक्ष फुलमहम्मद मियाँको प्रमुख आतिथ्यतामा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभिड–१९ व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर घिमिरेलाई स्वास्थ्य सामाग्री सर्जिकल मास्क– २० हजार पिस, आक्सिजन कन्सनटेटर–३ सेट, व्यक्तिगत सुरक्षा सुट पि.पि.ई–५० सेट गरि करिब ८ लाख मुल्य बराबरको सामाग्री हस्तान्तरण गरीएकाे रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवले जानकारी गराए।
महामारीको समयमा समेत विरामीहरुको लागी रक्तदान गराई विरामीहरुको लागि रगतपुर्ति, एम्बुलेन्स सेवा, जनतेतना साथै विभिन्न कार्य गर्दै आएको कुरा निकै प्रशंसनिय रहेको अध्यक्ष घिमिरेले बताए। महामारीको समयमा रेडक्र्सले ७७ बटा जिल्लामै मानवीय सेवा कार्यमा अग्रसर रहि कोभिड-१९ रोग रोकथामका लागि विभिन्न कार्यहरु गर्दै आउनुका साथै राहत एवं सुरक्षा सामाग्रीहरु समेत हस्तान्तरण गर्दै आएकोमा प्रदेश २ को सबै जिल्लाहरुमा समेत रोगबाट वच्न बचाउनको लागि सामाग्री हस्तान्तरण गर्नु पर्ने भएकोमा आज पर्सा शाखामा समेत केही सामाग्री हस्तान्तरण गरिने भएकोमा सबैलाइ कोरोनाबाट वच्न र बचाउनका मापदण्डको पालना गर्न प्रदेश २ का अध्यक्ष मियाले सबैमा अनुरोध गरे।
जहाँ दुख त्यहा रेडक्रस भन्ने नाराका साथ लामो समयदेखी मानवीय सेवा कार्यमा रेडक्रसको सहयोग र योगदान हुदै आएको साथै कोरोना महामारीको पहिलो लहरमा समेत देशव्यापी गरिएको कार्य झै कोरोनाको दोश्रो लहरमा समेत हाम्रो हातेमालो रहिरहनेछ साथै विभिन्न कार्यमा सहयोग गरिने रेडक्रस पर्साका सभापति विरेन्द्र कंडेलले अध्यक्ष घिमिरेलाई जानकारी गराए।