सरकारले १६ वर्षभन्दा माथि उमेरका विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार रूपैयाँसम्म एक प्रतिशत ब्याजदरमा ऋण दिने भएकाे छ। आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो व्यवस्था गरिने घोषणा गरेका हुन्।
विद्यार्थीले यो रकम दुई वर्षभित्र तिर्नुपर्नेछ । त्यस्तै १६ वर्ष माथिका विद्यार्थीलाई निःशुल्क सिम कार्ड दिइने छ।