संयुक्तराज्य अमेरिकाको टेनिसी पोखरीमा सेस्ना जेट बिमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सबार सबैको मृत्यु भएको छ। सेस्ना सी५०१ नामक सानाे बिमान पर्सी प्रिस्ट लेकमा शनिबार बिहान दुर्घटनाग्रस्त भएको थियो।
प्रारम्भिक विवरणमा स्मिर्ना बिमानस्थलबाट उडेको केही समयभित्रै बिमान पोखरीमा खसेको उल्लेख छ। संघीय हवाई उड्डयन प्रशासनले बिमान दुर्घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको जनाएको छ।