नेकपा एमालेको स्थायी कमिटीको बैठक शुरु भएको छ। पटकपटक सारिएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज केहीबेर अघि शुरु भएको हो।
एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा यही जेठ १५ गते प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुँदैछ।