युथ क्यानको अगुवाईमा मगंलबार काठमाडौंको एक बालआश्रममा खाद्यान्न सहयोग गरिएको छ। युथ क्यानको संयोजन र स्टुडेन्टस प्राइड एजुकेशनल कन्सलटेन्सी (स्पेक) इकमर्स रिटेल सेवा र नेपाल्री पब्लिक डटकमको सहकार्यमा नयाँ नेपाल समाज केन्द्रले मध्य बानेश्वरमा सञ्चालन गरिरहेको बाल आश्रमलाई सहयोग गरेका हुन्। एक महिनालाई पुग्नेगरी चामल, दाल, तेल, चकलेट, मास्क, स्यानिटाइजरलगायतका सामग्री हस्तान्तरण गरिएको स्पेककी निर्देशक अनिता रेग्मीले जानकारी दिइन।
‘हामीले पहिलो चरणमा बालआश्रममा खाद्यान्न सहयोग गरेका हौ,’ युथ क्यानका अध्यक्ष सुदिपचन्द्र बख्रेलले भने, ‘हामी यो कार्यलाई निरन्तर जारी राख्नेछौ।’ उनले यस अभियानमा सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरे। उनले थपे, ‘हाम्रो आग्रहलाई स्विकार गर्दै धेरै सुभेच्छुकहरुले सहयोग गर्नुभयो, हामी उहाँहरुप्रति आभारी छौँ।’
युथ क्यानले शुरु गरेको यो अभियानमा नेपालमा विभिन्न पेशामा संलग्न व्यवसायीहरुका साथै अष्ट्रेलीया, अमेरीकालगायतका देशमा रहेका नेपालीहरुले सहयोग गरेको अध्यक्ष बख्रेलले जानकारी दिए। ‘हाम्रा आफ्नै कम्पनीबाट केहि रकम जम्मा गरेर शुरु गरिएको यो अभियानमा छोटो समयमै देशबिदेशमा रहनुभएका नेपाली साथिभाईहरु पनि जोडिनुभएको छ,’ उनले भने।
केहि दिनभित्रमा पशुपतीनाथ मन्दिरलागयत विभिन्न स्थानका बाँदर, कुकुरलगायतका जनावरहरुको लागि पनि खानेकुरा तथा फलफुलको व्यवस्थापन गर्ने तयारी भइरहेको युथ क्यानका कार्यक्रम निर्देशक बिनोद केसीले जानकारी दिए।
सहयोग हस्तान्तरण गर्न पुगेको स्पेकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरज अधिकारीले बाल आश्रममा सहयोग गर्न पाउँदा सन्तुष्टि मिलेको बताए। ‘यो महामारीको अवस्थामा गाह्रो त सबैलाई छ,’ उनले भने, ‘सक्नेले क्षमताअनुसारको सहयोग गर्नुपर्छ।’ स–सानो सहयोगले पनि धेरैको जिवनलाई सहज बनाउन सकिने उनले बताए।
नयाँ नेपाल समाज केन्द्रका अध्यक्ष कृष्णराज गुरुङले सहयोग उपलव्ध गराईदिएकोमा युथ क्यानलगाएतलाई धन्यवाद दिए। ‘हामीलाई सहयोगको खाँचो थियो र त्यसका लागि सार्वजनिक अपिल गरेका थियौ,’ उनले भने, ‘हाम्रो आग्रह स्विकार गर्दै उहाँहरुले हामीलाई सहयोग गर्नुभयो। त्यसको लागि ह्रदयदेखी आभार प्रकट गर्दछु।’
यो पनि पढ्नुहोस
युथ क्यानमार्फत युवाहरुले शुरु गरे अभियान, मुठ्ठीदानको अवधारणामा जुटाउदैछन् सहयोग