आज बोलाइएको नेपाल कम्युनिष्ट पार्टी एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ः०० बजे बस्ने भनिएकाे बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो।
बैठकबारे थप आन्तरिक गृहकार्य गर्नुपरेकाले स्थगित गरिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङ जानकारी दिएका छ। पार्टीको आन्तरिक विषयमा छलफल गर्न बोलाइएको बैठक यसअघि बुधबार पनि अध्यक्ष केपी शर्मा ओलीले अन्तिम समयमा स्थगित गरेका थिए।