भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक युवकले ज्यान मार्ने धम्की दिएका छन्। सलमान नाम गरेका २२ वर्षिय युवकले प्रहरीलाई फोन गरेर प्रधानमन्त्रीलाई मार्ने धम्की दिएका हुन्। प्रहरीले सलमानलाई पक्राउ गरिसकेको छ।
प्रहरीका अनुसार धरौटीमा जेल बाट छुटेका ती युवकले गएराती प्रहरीलाई फोन गरेर धम्की दिएका थिए। ‘आरोपीले फोन गरेर प्रधानमन्त्रीलाई मार्न चाहेको बताएका थिए,’ दिल्ली प्रहरीले भन्यो, ‘जेल जान चाहेकाले उनले जानाजान त्यस्तो फोन गरेका रहेछन्।’
यस विषयमा प्रहरीले सलमानसँग थप सोधपुछ गरीरहेको छ। प्रधानमन्त्रीसँग जोडिएको विषय भएकाले भारतिय गुप्तचर विभागले समेत उनीसँग सोधपुछ गर्नेछ। यसअघि २०२० मा पनि प्रधानमन्त्री मोदीलाई ज्यान मार्ने धम्की आएको थियो। त्यतिबेला पनि आरोपीले प्रहरीलाई नै फोन गरेर प्रधानमन्त्रीलाई मार्ने धम्की दिएका थिए।