शैक्षिक परामर्श व्यवसायीहरुको पहलकदमीमा आइतबार प्रहरीका विभिन्न इकाइहरुमा मास्क र फेसशिल्ड वितरण गरिएको छ। शैक्षिक परामर्श व्यवसायीहरुको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) नेपालले अष्ट्रेलियन हार्वर इन्टरनेशनल कलेज, अष्ट्रेलियाको सहकार्यमा काठमाडौंका विभिन्न प्रहरी इकाईहरुमा मास्क र फेसशिल्ड वितरण गरिएको हो।
फेकनले महानगरिय प्रहरी प्रहरी परिसर टेकु, महानगरिय अपराध महाशाखा बानेश्वर, महानगरिय प्रहरी प्रभाग कमलपोखरी र अनामनगरमा ती सामग्रीहरु वितरण गरेको संस्थाका प्रवक्ता इन्द्रजित गौतमले जानकारी दिए। ‘महामारीको समयमा जनताको सेवामा खटिएको निकायलाई सानो सहयोग गरेका हौँ,’ उनले भने।
स्वास्थ्य सामग्री वीतरण गर्ने क्रममा संस्थाका अध्यक्ष वासुदेव नेपाल, वरिष्ठ उपाध्यक्ष प्रज्वल बस्नेत, अन्तराष्ट्रिय विभाग प्रमुख अमित खड्कालगायत कार्यसमितिका अन्य सदस्यहरुको सहभागिता रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन्।