नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल बाढीपिडीतहरुको सहयोगमा निरन्तर जुटीरहेको छ। केहि दिनअघि सिन्धुपाल्चोककको हेलम्बु पुगेर राहत वीतरण गरेको युवा संघले बिहिबार मनाङका बाढीपिडीतहरुलाई १५ लाख बराबरको राहत सामग्री र ३ लाख नगद हस्तान्तरण गरेको छ।
राहत कार्यक्रममा संघका अध्यक्ष किरण पौडेलको नेतृत्वमा उपाध्यक्षद्व अमित लामा र क्षितिज थेवे, महासचिव रमेश आचार्यलगायतका केन्द्रिय नेताहरु नै खटिएका छन्। बाढीपहिरोले प्रभावित स्थानहहरुमा उनीहरु आफैँ पुगेर राहत वीतरण मात्र नभई आवश्यक अन्य सेवाहरु पनि गरिरहेका छन्।
‘निकै कठिन यात्रा पार गरेर हामीले मनाङमा राहत वीतरण गर्यौ,’ संघका अध्यक्ष पौडेलले भने, ‘प्राकृतिक प्रकोपबाट प्रभावित व्यक्तिहरुलाई आवश्यक पर्ने लगभग सबै सामानहरु समेटेर राहतको प्याकेज बनाएका छौ।’ उनले जनताको सेवा युवा संघ निरन्तर लागिरहने बताए।
मनाङ लगिएको राहत सामाग्रीमा चामल, तेल, दाल, नुन, लत्ता कपडा, चाउचाउ, बिस्कुट, त्रिपाल,ब्ल्यान्केटलगायत समेटिएको थियो। ‘हामी राजनीति गर्नका लागि मात्र होइनौ,’ संघका महासचिव आचार्यले भने, ‘हाम्रो पहिलो प्राथमिकता भनेको नेपाली जनताको सुखदुखमा साथ दिनु हो।’