पाँचमा प्रधानमन्त्रि केपि शर्मा ओलिले प्रतिनिधि सभा बिघटन गरे पछि बिभिन्न मोर्चामा रहेर नेपाली काङग्रेस, जनता समाजवादी पार्टि, राष्ट्रिय जनमोर्चा, नेकपा९दाहाल,नेपाल० समुहले कतै संयुक्त त कतै छुट्टाछुट्टै बिरोध सभा, मसाल जुलुस, शक्ति प्रदर्सन गरे र त्यो क्रम आज ६ महिना पछि पनि फेरिएको छैन। यस बिचमा विभिन्न घटना परिघटना घटे, ति मध्ये केहिको यहाँ संक्षिप्त कुरा गरिने नै छ।
पहिलो संसद बिघटनपछि बिरोधी मोर्चाबिच गठबन्धन बनाएर आन्दोलनमा जाने सहमति बनाउन धेरै प्रयास गरियो तर संभव हुन सकेन, सबैले आ-आफ्नो बलबुताले भ्याउने सम्म प्रयत्न गरे। यध्यपि नेपाली कांग्रेसले राजधानी केन्द्रित भैरहेको आन्दोलनलाई गाउँ-वडा तहसम्म लैजाने निँहुमा बिसर्जन गरिदियो भन्ने आरोप पनि नलागेको हैन। यस आन्दोलनमा दाहाल र नेपाल खेमा एकजुट भएर निरन्तर रुपमै लागेका थिए र आजपर्यन्त लागि नै रहरका छन्।
आन्दोलन कै बिचमा फाल्गुन १३ गते सर्वोच्चले संसद पुर्नस्थापना गराईदियो र त्यस लगत्तै फागुन २३ मा फेरि २ बर्षदेको चलिरहेको ऋषि कट्टेलको मुद्दामा नेकपाको दर्ता नै नाम जुधेको भन्दै खारेज गरिदियो, यसको सिधा-सिधा अर्थ हुन्थो कि अदालतको एक फैसलाले नेकपा९एमाले० र माओबादि केन्द्र फेरि ब्युतिनु।
संसद पुर्नस्थापना भएको झन्डै २ महिनासम्म सदन चल्यो तर ईन्जिन बिग्रिएको गाडि सरह आफ्नो गन्तव्यमा पुग्न सकेन। सत्ता पक्ष र प्रतिपक्षको जुहारी चलि बस्यो। प्रतिपक्षी दलहरु राजिनामा माग्ने अनि सत्तासिन दलका सांसदहरु अविश्वासको प्रस्ताव ल्याउन चुनौति दि बसिरहे।
यहि बिचमा माधव पक्षमा रहेका केहि प्रभावशालि नेताहरुले क्याम्प परिवर्तन गरे, माधव खेमाबाट उछिट्टिएर ओलि खेमामा पुगे ति मध्य कति आकर्षक पदमा लोभिन पुगे त कति आफ्नो राजनितिक भविष्यको सुनिश्चितताको लागि आलोचना खेप्दै भएपनि गुट परिवर्तनमा सक्रिय रहे। उता प्रचन्डसंगको दसकौँ देखिको सहकार्य तोड्दै केहि शक्तिशाली र प्रभावशालि नेताहरुले पनि माओवादि केन्द्र छोडेर एमाले तिर लागे।
जसपा जो एक ढिक्का भएर बिघटनको बिरोध गर्दै थियो ऊ पुर्नस्थापना पछि धरमर हुदैँ गयो, आन्तरिक रुपमा क्षतबिक्षत हुदैँ दुई फ्याकमा बिभाजित हुन पुग्यो जसमा एक खेमा खुलेर ओलिको समर्थनमा निस्कियो अर्को बिरोधमा।
कांग्रेस मौन रहने र आफ्ना क्याम्पका नेताहरु भटाभटमा ओलीतिर लाग्नाले दाहाल –नेपाल गठबन्धन प्रभावहिन हुदै गहिरहेको थियो, अस्तित्व जोगाउन हम्मे हम्मे परिरहेको थियो। यस्तैमा जेठ ७ गते दोस्रो पल्ट संबिधान सभा बिघटन भयो र कार्तिक २६ र मङसिर २ मा चुनाबको मिति नि तोकियो। अस्तित्व जोगाउन हम्मे हम्मे परिरहेको बेला दाहाल-नेपाल गठबन्धनलाइ यो बिघटन संजिबनी बुटि सरह बन्न पुग्यो।
बिपक्षमा रहेका सम्पुर्ण दलहरु बिघटनलाई दोस्रो प्रतिगमन भन्दै एकजुट भएर नारा जुलुस गर्न लागे। उनिहरुले संयुक्त मोर्चा (नेपाली काङग्रेस, माओवादि केन्द्र, उपेन्द्र-बाबुराम, जनमोर्चा र माधव- झलनाथ ) बनाए जसलाइ पाँच दलिय गठबन्धन (महागठबन्धन) नामाकरण गरियाे।
यस गठबन्धनले संसद पुर्नस्थापना सहित शेरबहादुर देउबालाई प्रधानमन्त्री बनाउनु पर्ने अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गराए। उता नेकपा (एमाले), राप्रपा, नेमकिपा जसपा (महन्थ-राजेन्द्र) चुनाबको पक्षमा सतिसाल भएर उभिए।
यसैबिच पाँच दलिय गठबन्धनका बिध्यार्थीहरु देशभर प्रदर्शनमा ऊत्रिय , कहिँ नारा लगाए, कहि प्रधानमन्त्री-राष्ट्रपतीको पुत्ला दहनमा उत्रिए। शिर्ष नेताहरु पनि पानी बाराबारको सम्बन्धलाइ थाती राख्दै एकै ठाँउमा उभिए।
उनिहरुको लञ्च-डिनर, प्रेस सम्मेलन, बुद्धिजिबि भेटघाट संयुक्त रुपमा हुन लागे, राजनितिमा स्थाइ शत्रु र मित्र हुन्न भन्ने भनाइलाइ सार्थक पार्दै टाउकोको मुल्य तोक्ने र तोकिने, अमुक आफुँ पिएम भएपनि रिमोट कन्ट्रोल अर्कैको हातमा छ भनेर खुल्लम खुल्ला आरोप लगाउने व्यतिहरु असाधारण , अभिन्न मित्रहरुमा परिणत भए।
हिजो अर्कैको भुमिमा बसेर आन्दोलन सुरु गर्ने, चर्काउने र समापन गर्नेहरु र खुल्लामञ्चमा बसेर हे बिदेशी हो आउ, हामिले सकेनौँ सहयोग गर्न आउ भन्दै उर्लिनेहरु रातारात देशमा बैदेशिक हस्तक्षेप देख्न लागे, गठबन्धनका शिर्ष नेताहरुले वक्तव्य निकाल्न सम्म भ्याए।
लोकतन्त्र, संबिधान जोगाउने नाममा राजनितिक स्टन्ट गर्दै पाँच भाइहरु कहिले सम्पादक बोलाउने, कहिले वकिल, कहिले पुर्व प्रधानमन्त्रि, पुर्व न्यायाधिस आदि ईत्यादि बोलाउने त्यतिले मात्र नभ्याएर सरकारले भनेको, निर्देस गरेका काम कारबाहि अटेर गर्नु भनेर कर्मचारिलाइ लाज नमानि अपिल गर्न सम्म भ्याए।
संसद पुर्नस्थापनाको लागि हालेको रिटमा अहिले बहस चलिरहरको छ, बहस ७६९५० दलिय समर्थन चाहिने कि सांसद स्वतन्त्र रहने भन्ने कुरामा गएर अडिएको छ। यदि अदालतले ७६ (५) निर्दलिय धारा हो भन्दिएमा शेरबहादुर निःसन्देह प्रधानमन्त्रिमा नियुक्त हुनेछन। र, यो गठबन्धन केहि लामो समय सम्म रहिरहने छ।
यदि अदालतले सांसदहरु स्वतन्त्र छैनन/हुदैनँन, दलको निर्णयका बन्दि हुन्छन भन्ने आदेश दिएमा पाँच दलिय गठबन्धनमा ठुलो भुकम्प आउनेवाला छ। जस्को पराकम्पले पछि-पछि सम्म गठबन्धनलाइ पिरोलि रहनेछ।
सांसद दलको बन्दि भन्नुको अर्थ संसद बिघटन सदर र दलहरुले निर्वाचनमा जानु पर्ने संवैधानिक दायित्व र बाध्यता आइपर्छ। यस्तो अवस्थामा गठबन्धनमा दरार आउने अवश्यभाबि छ। जम्मा १६५ सिटको लागि हुने चुनावमा गठबन्धनबाट उम्मेदवार उठाउन दलहरुलाइ हम्मे हम्मे पर्ने देखिन्छ।
२००७ साल देखि अबिरल रुपमा खडा भएको र २०१५ सालको आम आमचुनाव देखि हरेक निर्वाचनमा लगभग सबै निर्वाचन क्षेत्रमा एकल रुपमा लडेर कैले दुइ तिहाइ, कैले बहुमत लिएर आएको पार्टि कांग्रेस, गठबन्धनमा बसेमा आफ्ना नेता कार्यकर्ता व्यबस्थापनको झमेलामा फस्नेछ। अझ कम्मुनिष्टहरु असफल र बिभाजित भएको अवस्थामा गठबन्धन बनाएर चुनावमा गएमा कांग्रेस भित्र नै अन्तरकलह बढ्नेछ। जस्ले गर्दा चुनाब हुने भएमा काङग्रेस यथाशिघ्र गठबन्धनबाट फाल हानेर उम्किनेछ।
गठबन्धनको मेरुदण्ड कांग्रेस किन पनि अलग हुनेछ भने देशभर नयाँ आकँडा अनुसार झन्डै ९ लाख सक्रिय सदस्य भएको र बृहत बाम एकता हुदाँ पनि झन्डै ३२ लाख समानुपातिक भोट पाएकाले कम्तिमा पनि १०० सिट गठबन्धनमा माग गर्ने छ, देशभर राम्रै सङगठन भएको र अहिले संसदमा झन्डै कांग्रेसको हाराहारिमा सांसद संख्या रहेको माओबादि पनि ६० सिट भन्दा कममा मान्ने वाला छैन।
यस्तै आफुलाइ क्षेत्रिय पार्टिबाट राष्ट्रिय पार्टि बनाउने ध्याउन्नमा रहेको जसपा पनि तराइमा रहेको ८० सिटको आधा झन्डै ४०-४५ सिटमा आफ्नो दाबि ठोक्ने र त्यहि अनुरुप पाउनेमा पनि विश्वस्त छ। बिद्रोहि एमाले (माधव(झलनाथ)को पनि देशभर आफ्नो सङगठन रहेको र त्यो माओबादिको हाराहारि सदस्य भएको हुनाले र आफ्नो अस्तित्व रक्षाको लागि भए पनि ५०-५५ सिटमा आफ्नो भाग्य अजमाउने प्रयत्नमा हुनेछ।
यसैगरि गण्डकी प्रदेशमा बिना मन्त्रि लिएर गठबन्धनलाइ सघाएको राष्ट्रिय जनमोर्चाले पनि बाग्लुङ, प्युठान लगायत जिल्ला कम्तिमा ५-७ सिट खोज्नेछ र उसलाइ यति सिट दिन गठबन्धन मजबुर हुनेछ।
यसरि हेर्दा १६५ क्षेत्रमा गठबन्धन बाट झन्डै २५६ आकांक्षी निस्किनेछ र यसलाइ व्यबस्थित बनाउन सिट संख्या (नेपालि काङग्रेस ६०, माओबादि केन्द्र ३९, एमाले (माधव) ३५, जसपा (उपेन्द्र-बाबुराम) २८, राष्ट्रिय जनमोर्चा ५) वितरण गर्दा सन्तुलित वितरण हुनेछ। तर, गुट-उपगुटले भरिएको र मजबुत जनाधार, यस्तो परिस्थितिमा एक्लै बहुमत ल्याउने संभावना भएको कांग्रेस कसैको लहडमा सति जाने छैन र यसरि चुनावमा जान का.ग्रेस नेतृत्त्व खुद आफैँ पनि तयार हुने छैन। र, आफ्नो सुन्दर भविष्य निर्माणको लागि कांग्रेस गठबन्धनबाट बाहिरिने छ।
गठबन्धनका बाँकी दल मिलेर चुनाबमा जाने छन। त्यसमा पनि सदन बिघटन भएमा माधव पक्षका केहि प्रभावशाली नेताहरु संस्थापन मै फर्किनेछन र बृहत बाम एकता भन्दै माधव-प्रचन्ड एकै पार्टिमा रहने उच्च सम्भावना छ। र, यसको सङ्केत माधव-प्रचन्ड दुबैले दिइसकेका छन्।
उपेन्द्र-बाबुराम पनि गठबन्धनमै रहेर चुनाव लड्ने छन्। आफुलाइ मधेसको मसिहा करार गर्ने उनिहरु मधेसको जनाधार गुम्ने डरले चाहेर पनि माधव-प्रचन्ड समुहमा एकिकृत भएर जान सक्ने छैनन्। यसरि चुनावी नतिजा गठबन्धनको पक्षमा नआएको खण्डमा यो गठबन्धन धुजा-धुजा हुनेछ, आफैँ बिसर्जित हुनेछ।
(लेखक कानुनका विद्यार्थी हुन्)