व्रिटीश काउन्सिलले भारतमा अन्तराष्ट्रिय अँग्रेजी भाषा परिक्षण प्रणाली आइईएलटिएस सञ्चालनको अधिकार आइडिपीलाई बेच्ने भएको छ। आइडिपीले आफ्नो आधिकारीक वेभसाइटमार्फत यसको जानकारी दिएको हो।
हाल आइईएलटिएस परिक्षा व्रिटिश काउन्सिल र आइडिपीले सञ्चालन गर्दै आएका छन्। व्रिटिस काउन्सिलले आइडिपीलाई करिव ७ अर्व ७१ करोड रुपैयाँमा भारतमा परिक्षा सञ्चालनको स्वामित्व विक्री गरेको हो।
आइडिपीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एन्ड्र्यु बर्कलाले भारतमा आइईएलटिएसको नयाँ अध्याय शुरु हुन लागेको प्रतिक्रिया दिएका छन्। बर्कलाले व्रिटिश काउन्सिल भारतमा कार्यरत सबै कर्मचारीहरु अब आइडिपी मातहतमा रहेर काम गर्ने पनि जानकारी दिएका छन्।
यससँगै अब दक्षिण एसियामा नै आइईएलटिएस परिक्षा सञ्चालनमा आइडिपीले एकाधिकार जमाउने आंकलन शुरु भएको छ। आइईएलटिएस परिक्षाको ठुलो हिंसा भारतले ओगट्ने भएकाले यो खरिद प्रकृयाले दक्षिण एसियामा ठुलो असर पार्ने आइडिपी नेपालनिकट श्राेतले बतायाे।
भारतपछी छिट्टै अन्य दक्षिण एशियाली देशहरुमा रहेका व्रिटिश काउन्सिल पनि खरिद गर्ने आइडिपीको तयारी रहेकाे बुझिएकाे छ। नेपालमा हाल भाषा परिक्षण प्रणालीको परिक्षा लिने सवालमा व्यवसायीहरु व्रिटिश काउन्सिल र आइडीपी गरी दुई ध्रुवमा बाँढीएका छन्।
अब भारतमा जस्तै आइडिपीले नेपालको पनि व्रिटीश काउन्सिलको आइईएलटिएस परिक्षा सञ्चालनको अधिकार खरिद गरेको खण्डमा व्रिटिश काउन्सिल पक्षधर व्यवसायीहरु आइडिपीमा निर्भर हुन बाध्य हुने छन्।