नेपाली सेनाको उद्वार टोलीले चितवनमा बाढीका कारण डुबानमा परेका विभन्न क्षेत्रमा उद्वार गरेकाे छ।
सेनाद्वारा चितवन जिल्ला, रत्ननगर नगरपालिका वडा नं ४ डेबौली चौधरी मिलन टोल र वडा नं ८, रमाइलोडाँडा इलाका तथा सोही जिल्लाको कालिका नगरपालिकास्थित सगुनचोक, लाहुरेचोक, जुटपानी र कालिका बस्ती इलाकामा स्थानीय खोलामा आएको बाढीको कारण डुवान क्षेत्रमा उद्वार गरिएकाे छ।
साथै, कालिका बस्ती इलाकामा पहिरोमा परि पाँच जना हराइरहेका व्यक्तिहरुको खोज तथा उद्वार कार्यमा पनि नेपाली सेनाको टोली परिचालित भएका छन्।
