भाइबहिनीको सम्बन्धलाई लिएर अक्सर चर्चा गरिए पनि दुई दिदीबहिनीबीचको सम्बन्ध सबैभन्दा मदबुद हुन्छ। दिदीबहिनीबीच एकअपसमा सधैँ त्यस्तै माया हुन्छ, जस्तो उनीहरुबीच बाल्यकालमा हुन्छ। दिदीबहिनी एकअर्काको ‘बेस्ट फ्रेण्डमात्र हुँदैनन्, हरेक गाह्रो समयमा उनीहरु एकअर्कालाई साथ पनि दिन्छन्। समयसँगै उनीहरुको सम्बन्ध कति बलियो र प्रगाढ हुन्छ भने पछि त उनीहरु एकअर्काबिना बाँच्नै नसक्ने हुन्छन्।
यद्धपि विवाह पश्चात दुईको सम्बन्धमा धेरै परिवर्तन आउँछ, दुईबीच इष्र्याको भावना उत्पन्न पनि हुन्छ। यदि तपाईं पनि यस्तै परिस्थितिबाट गुज्रिरहनुभएको छ भने करिना र करिश्माको सम्बन्धलाई हेरेर प्रेरित हुनुस्। एकपल्ट करिश्मा कपुरले आफ्नो बहिनी करिना कपुर खानसँगको आफ्नो सुमधुर सम्बन्धबारे चर्चा गरेकी थिइन्। उनले करिनाको खुब तारिफ गरेकी थइन्।
करिनाको च्याट शो ‘ह्वाट वुमन वान्ट’ मा करिश्मा सहभागी भएका बेला उनले करिना आफ्नी प्रेरणापात्र भएको बताएकी थिइन्। करिश्माले भनेकी थिइन्, ‘मलाई लाग्छ करिना मेरी प्रेरणापात्र हुन्। हामी एकअर्कासँग धेरै नजिक रहेर हुर्कियौँ। करिनलाई मलाई सधैँ प्रेरित गरेकी छन्।’ बहिनीको कुरामा करिनाले भनिन्, ‘हामी दिदीबहिनी एकै पेशामा भएकाले मलाई धेरै खुसी लाग्छ।’
करिश्माले त्यसपछि बहिनीको कुरामा थप्दै भनेकी थिइन्, ‘हामी एकै पेशामा त छौँ नै हामीबीच अरु पनि धेरै विषयमा समानता छन्। हामी एकअर्कालाई सधैँ सिकाउँछौँ, एकअर्काबाट सिक्छौँ। हामी एकअर्कालाई अझ राम्रो गर्न प्रोत्साहन गर्छौँ। मलाई लाग्छ हाम्रा यिनै कुराले हामीलाई सफल बनाएको हो।’
करिना र करिश्माले एकअर्काका लागि जे भने, उनीहरुबीच एकअर्काका लागि जे छ, त्यो यी दुईबीचमात्र होइन, धेरै दिदीबहिनीबीच हुन्छ। यस्तै बोन्ड हुन्छ।