दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहरू फेरि बढ्न थालेका छन्। यहाँ पछिल्ला केही हप्तादेखि कोभिडका सङ्क्रमितहरुको संख्या तीब्र रूपमा बढिरहेकाे छ।
दक्षिण कोरियामा यसरी कोभिडका सङ्ंक्रमितहरु बढ्न थालेपछि यहाँ कोभिडको चौथो वेभ आउन सक्ने अनुमान समेत गरिएको छ। यहाँ अबका केही दिनमा गर्मी मौसमको विदा शुरु हुदै छ। यही विदाको पूर्व सन्ध्यामा यहाँ कोभिडका सङ्क्रमितहरु बढ्न थालेपछि यो चौथो वेभ आउन सक्ने स्वास्थ्य अधिकारीहरूकाे अनुमान छ।
दक्षिण कोरियाका अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार यहाँ गएको २४ घन्टामा १ हजार २१२ जना सङ्क्रमित पाइएका छन्। योसँगै दक्षिण कोरियामा कोभिडका संक्रमितको संख्या १ लाख ६२ हजार ७५३ जना पुगेको छ। साथै मङ्गलबार देखिएको १ हजार २१२ जना सङक्रमितको संख्या पनि धेरै पछि देखिएको ठूलो संख्या हो।
तर पनि अघिल्ला दिनहरुमा यहाँ ७०० भन्दा केही धेरै मात्र संख्याका सङ्क्रमित भेटिएका थिए। त्यसमा बृद्धि भएर मङ्गलबार मात्र अकस्मात यति धेरै संख्यामा संक्रमितहरु पाइएको हो। यहाँका स्वास्थ्य अधिकारीहरुले गएको छ महिनापछि यहाँ यति धेरै संख्यामा सङ्क्रमित भेटिएको बताएका छन्।
प्राप्त समाचारअनुसार यहाँ मृत्यु हुनेको संख्या भने थोरै रहेको छ। बुधबार देखिएका यी सङ्क्रमितहरुमा करिब ६०० जति राजधानी सोलकै रहेका पाइएको छ। यसकारण पनि धेरै पछि यति धेरै संख्यामा सङ्क्रमितहरु देखिँदा अर्काे वेभको त्रास बढेको समाचारमा जनाइएको छ।