काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए)राष्ट्रिय समन्वय परिषद् कतारको नयाँ कार्यसमिति चयन भएको छ ।
राष्ट्रिय समन्वय परिषद् कतारको नवौं महाधिवेशनबाट नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।
नयाँ कार्यसमितिको अध्यक्षमा मोहम्मद मुक्तादा मुसलमान चयन भएका छन् । त्यस्तै, आइसीसी सदस्यहरूमा पूर्ण बहादुर पोखरिया, रामु रेग्मी, नरेश श्रेष्ठ, सरिता भण्डारी पौडेल, टंक कुमार खड्का, अर्शद हुसेन र तेज कटवाल चयन भएका छन् ।
त्यस्तै, नयाँ कार्यसमितिको प्रथम उपाध्यक्ष जेबी राई, द्धितिय उपाध्यक्ष प्रेम चलाउने, महिला उपाध्यक्ष अम्बिका खत्री, महासचिव पदम गिरि, सचिव दिप जंग शाह, सचिव रबिन मगर, कोषाध्यक्ष बिनोद प्रसाद बसोला, युवा संयोजकमा डेक बहादुर भारती (सुमन) र महिला संयोजकमा नानु घले ब्लोन चयन भएका छन् ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको नवौं महाधिवेशनबाट १८ जना कार्यसमिति सदस्य निर्विरोध चयन भएका छन् ।
उक्त नयाँ कार्यसमितिलाई नेपाली जनसम्पर्क समिति कताका सभापति मोहम्मद अजिज अलिले बधाई तथा शुभकामना दिएका छन् ।
