सामसङले हालै आफ्नो ग्यालेक्सी ‘एम’ सिरिज अन्तर्गतका नयाँ स्मार्टफोन ग्यालेक्सी एम३२ (Galaxy M32) नेपालमा सार्वजनिक गरेको थियाे। कम्पनीकाे अनुसार यो फोन अब नेपालभरका आधिकारिक सामसङ ब्राण्डसप, सामसङ इ-स्टोर तथा रिटेल स्टोरहरुबाट समेत खरिद गर्न सकिने छ।
कम्पनीकाे ‘एम’ सिरिज अन्तर्गतका अन्य स्मार्टफोनहरु एम थर्टिवान (Galaxy M31) र ग्यालेक्सी एम ट्वान्टिवान (Galaxy M21) भने यसअघि नै नेपालमा लन्च भइसकेको छ। मिडरेन्ज अन्तर्गतका यी स्मार्टफोनहरु एक अर्कासँग धेरै मिल्दाेजुल्दाे रहेका छन्। हेर्दा उस्तै नै देखिने यी दुबै स्मार्टफोनहरुकाे आन्तरिक डिजाइन पनि प्राय एउटै रहेकाे छ।
यस्तो छ ग्यालेक्सी एम३२ काे फिचर्स र मूल्य
डिस्प्ले र पर्फमेन्स
ग्यालेक्सी एम३२ मा २४०० x १०८० पिक्सेल रिजोलुशन रहेको ६.४ इन्चको फुल एचडिप्लस सुपर एमोलेड (AMOLED) डिस्प्ले राखिएको छ। यसमा भएको याे फिचरले न्यूनतम मोसन ब्लरको साथ प्रयोगकर्तालाई सिनेम्याटिक भ्युको जीवन्त अनुभवसमेत प्रदान गर्ने कम्पनीले जनाएको छ। याे फोनको रिफ्रेश रेट ९० हर्ज (90Hz) रहेकाे छ। यसको स्क्रिन ब्राइटनेस ८०० निट्सले फोनलाई अझै शक्तिशाली एवं ब्राइटेस्ट डिस्प्ले प्रदान गरेको छ। यस्तो सुविधा यसअघि एम सिरिजहरुमा उपलब्ध थिएन।
स्पीड तथा मल्टीटास्किङकाे लागि याे स्मार्टफाेनमा सामसङको अक्टा कोर मिडियाटेक जी८० प्रोसेसर चिपसेट दिइएको छ। एन्ड्रोइड ११ मा आधारित सामसङको वान युआइ ३.१ (One UI 3.1) अपरेटिङ सिस्टममा चल्ने याे स्मार्टफाेनमा एआई पावर्ड गेमबुस्टर जस्ता विशेषताहरू रहेका छन्, जसकारण प्रयोगकर्ताले आफूलाइ मनपर्ने गेमहरू खेल्दा यी फाेनहरूले अत्यन्त कम पावर खपत गर्दछन्।
क्यामरा
फोटोग्राफी तथा भिडियाेग्राफीका लागि ग्यालेक्सी एम३२ मा क्वाड रियर क्यामरा सेटअप रहेकाे छ। जसमध्ये ६४ मेगापिक्सेलको प्राइमरी क्यामरा, ८ मेगापिक्सेल अल्ट्रा-वाइड एंगल लेन्स, २ मेगापिक्सेलको डेप्थ सेन्सर र २ मेगापिक्सेलको म्याक्रो सेन्सर रहेकाे छ। यसमा रियर अटाे फाेकस र रियर फ्यास फिचर्स रहेकाे छ। सेल्फीकाे लागि यसकाे फ्रन्टमा २० मेगापिक्सेलको क्यामरा रहेको छ।
सेन्सर
याे स्मार्टफाेनकाे दाहिने भागकाे भ्याेल्यूम रकर (volume rocker- भ्याेल्यूम बढाउने तथा घटाउने) बटन भन्दा तल भागमा फिंगरप्रिन्ट सेन्सर दिइएकाे छ, जसले फोनको सेक्यूरीटि सिस्टमलाई अझ बढी बलियो बनाएको छ। याे बाहेक यसमा फेस अनलक, एबीएन्ट लाइट सेन्सर (ambient light sensor) एक्सेलेरोमीटर (accelerometer), जाइरोस्कोप (gyroscope), प्राेक्सीमिटि (proximity sensor) सेन्सर जस्ता फिचरहरू समावेश गरिएकाे छ।
ब्याट्री
याे स्मार्टफाेन ६००० एमएएच (6,000mAh) काे ब्याट्री राखिएको छ। २५ वाट (25W) काे फास्ट चार्जिङ सिस्टमका साथ आएका यी स्मार्टफोनहरू ब्याट्रीकाे ममिलामा भने अत्यन्त उत्कृष्ट मानिएका छन्। शक्तिशाली क्षमताको ब्याट्री भएकै कारण यी स्मार्टफोनले ग्राहकलाई स्मार्टफोन प्रयोगको नयाँ अनुभव प्रदान गर्ने कम्पनीकाे भनाइ छ। यो स्मार्टफोनको खरिदमा १५ वाटको फास्ट चार्जरसमेत प्रदान गरिएको छ।
स्टोरेज
कम्पनीले ग्यालेक्सी एम३२, ६ जीबी र्याम+१२८जीबी स्टोरेज र ४ जीबी र्याम+६४जीबी स्टोरेज गरि दुइ भेरिएन्टमा लन्च गरेकाे छ। याे फाेनकाे स्टोरेज माइक्राे एसडी कार्ड (microSD card) काे माध्यमबाट बढान सकिने छ।
कलर अप्शन
कम्पनीले ग्यालेक्सी एम३२ ब्ल्याक, लाइट ब्लु तथा लेजर ग्रिन गरी तीन कलर अप्शन्समा उपलब्ध गराएकाे छ।
अन्य फिचर्स
याे फाेनमा कनेक्टिभिटीकाे लागि यूएसबी टाइप-सी पोर्ट सहित ३.५ एमएम (3.5mm) काे हेडफोन ज्याक, फाेरजी एलटीई (4G LTE), डुअल सिम (Nano), ब्लूटूथ भर्सन ५.०, वाई-फाई ८०२.११, जीपीएस / ए-जीपीएस (GPS/A-GPS) आदि जस्ता फिचरहरू समावेश छन्।
मूल्य
ग्यालेक्सी एम३२ को ६ जीबी र्याम+१२८जीबी स्टोरेज भेरिएन्टकाे मूल्य २७ हजार ९ सय ९९ रुपैयाँ र अर्काे ४ जीबी र्याम+६४जीबी स्टोरेज भेरिएन्टकाे मूल्य २४ हजार ९ सय ९९ रुपैयाँ निर्धारण गरिएकाे छ।