काठमाडौं – यू–२३ एसिया कप छनोटको तालिका सर्वाजनिक भएको छ ।
एसियाली फुटबल महासंघ (एएफसी) शुक्रबार सर्वाजनिक गरेको तालिकामा नेपाल समूह बीमा परेको छ ।
समूह बीमा नेपालसँगै लेबनान, इरान र ताजकिस्तान छन् । समूह बीका छनोट खेल ताजकिस्तानमा आयोजना हुने छ ।
यू–२३ छनोटमा सहभागी ४२ देशलाई ११ समूहमा विभाजन गरिएको छ । प्रतियोगिताका छनोट चरणका खेल २३ अक्टोबरदेखि ३१ सम्म हुनेछ ।
छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कप खेल्नेछन् ।
सन् २०२२ मा हुने यू–२३ एसिया कप उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।
यस्तो छ समूह विभाजन
समूह ए : सिरिया, कतार (आयोजक), यमन, श्रीलंका
समूह बी : इरान, ताजकिस्तान (आयोजक), लेवनान, नेपाल
समूह सी : इराक, बहराइन (आयोजक), अफगानिस्तान, माल्दिभ्स
समूह डी : साउदी अरेबिया, बंगलादेश, कुवेत (आयोजक), उज्वेकिस्तान
समूह ई : युएई (आयोजक), ओमान, भारत, किर्गिस्तान
समूह एफ : जोर्डन (आयोजक), प्यालेस्टाइन, तुर्केमिनिस्तान
समूह जी : अस्ट्रेलिया, चीन, इन्डोनेसिया (आयोजक), ब्रुनाइ
समूह एच : दक्षिण कोरिया, सिंगापुर (आयोजक), इस्ट टिमोर, फिलिपिन्स
समूह आई : भियतनाम, म्यानमार, हङकङ, चाइनिज ताईपेई (आयोजक)
समूह जे : थाइल्यान्ड, मलेसिया, लाओस, मंगोलिया (आयोजक)
समूह के : उत्तर कोरिया, जापान, कम्बोडिया