एउटै मान्छेले २१ हजार करोड रुपैयाँभन्दा बढी शेयर बजारमा लगानी गरेको सुन्दा पत्याउन गाह्रो पर्न सक्छ। तर, छिमेकी मुलुक भारतमै शेयर बजारका एकजना यस्ता खेलाडी छन् जसले ७ वटा कम्पनीमा मात्र २१ हजार करोड भन्दा बढी रकम लगानी गरेका छन्।
उनी हुन्, राकेश झुनझुनवाला। उनी भारतीय शेयर मार्केटका सबैभन्दा प्रसिद्ध खेलाडीका रुपमा चिनिन्छन्। उनी देशको शेयर बजारमा सबैभन्दा ठूलो व्यक्तिगत लगानीकर्ता हुन्। शेयर बजारमा लगानी गर्ने ठूलो समूह उनको पदचाप पछ्याउँछ।
एक रिपोर्टका अनुसार झुनझुनवालाले ७ वटा कम्पनीमा २१ हजार २ सय ११ करोड लगानी गरेका छन्। हुन त उनी शेयर बजारका पुराना खेलाडी हुन्। तर, पछिल्ला केही महिनामा स्टक मार्केटमा भएको ठूलो वृद्धिका कारण उनको चर्चा चुलिएको छ।
‘स्टक ट्रेडर’को रुपमा बलियो पहिचान बनाएका झुनझुनवालन ६१ वर्षका भए। भारतको हैदरावाद शहरमा जन्मीएका झुनझुनवाल मुम्बईमा हुर्किए। उनका बुवा मुम्बइमा आयकर आयुक्तको रुपमा काम गर्थे।
