नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आज कोभिड–१९ को प्रभाव, असर र रोकथामका लागि भैरहेका कामहरुका बारेमा सरोकारवालाहरुसँग छलफल गर्दैछन् ।
प्रधानमन्त्री नियुक्त भएपछि देउवाको यो पहिलो कार्यक्रम हो । उनले स्वास्थ्य विज्ञ र सरोकारवालाहरुसँग प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बुधबार दिउँसो छलफल गर्दे प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
मंगलबार प्रधानमन्त्री पदमा नियक्त भएका देउवा आज विहान आफ्नै निवास बुढानिलकण्ठमा शुभचिन्तक तथा कार्यकर्ताहरुसँगको छलफलमा व्यस्त भएका थिए ।