काठमाडौं – काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूको बैठक छ ।
बिहीबार अपरान्ह ५ बजे बैठकमा निषेधाज्ञाबारे छलफल हुने बताइएको छ ।
आज बैठक गरेर निषेधाज्ञा थप गर्न के गर्ने भन्ने निर्णय गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।
बैठकमा लामो दूरीका सार्वजनिक सवारीलाई जोर बिजोर प्रणालीमा चलाउन दिने कि भन्ने विषयमा छलफल हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
बैठकले लामो दूरीका बस पनि चलाउने अनुमति दिने सम्भावना छ । काठमाडौं बाहिरका जिल्लाबाट पनि उपत्यकाभित्र बस आवतजावत गर्न दिनेबारे छलफल गरिने बताइएको छ ।
यसअघि थप गरिएको निषेधाज्ञा आज सकिँदैछ ।