नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले एमाले वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटेका छन् ।
नेपाललाई भेट्न बिहीबार बिहान प्रचण्ड र विप्लव नेपाल निवास कोटेश्वर पुगेका थिए । उनीहरूसँगै विप्लव समूहका नेता धर्मेन्द्र वास्तोला पनि त्यहाँ पुगेका थिए ।
भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । सो क्रममा बृहत कम्युनिष्ट एकताबारे कु्राकानी भएको बुझिएको छ ।
बुधबार विप्लवले प्रचण्डलाई भेटेका थिए । प्रचण्डसँगको भेटमा समसामयिक राजनीतिक विषय, बृहत् कम्युनिष्ट एकता, आफ्नो पार्टी र सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन सम्बन्धी छलफल भएको थियो ।