मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।
सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ ।
बैठकले केही महत्वपूर्ण निर्णयहरु गर्ने उनले बताए । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको नयाँ मन्त्रिपरिषद्को यो दोस्रो बैठक हो ।
यसअघि, सरकार गठन भएको दिन गएको मंगलबार मन्त्रिपरिषद्को पहिलो बैठक बसेको थियो ।