लियोनेल मेस्सी सन् २०२६ को अन्त्यसम्म बार्सिलोना फुटबल क्लबबाट खेल्न सहमत भएका छन् ।
तर यो घोषणाको कार्यान्वयनका लागि बार्सिलोनाले मेस्सीको तलब जुटाउन केही खेलाडीहरू छोड्नुपर्ने हुन्छ । जुन ३० मा उनको वार्षिक तलब १२ करोड ३० लाख पाउन्ड भनिएको सम्झौता समाप्त भएपछि उनी क्लबविहीन भएका थिए ।
आर्जेन्टिनाका लागि कोपा अमेरिका २०२१ जिताएपछि उनी अहिले बिदामा छन् र सम्झौताका प्रावधानहरूलाई अन्तिम रूप दिन बाँकी नै छ ।लियोनेल मेस्सी पहिलेको भन्दा आधा तलबमा खेल्न सहमत भएका हुन्।
नयाँ अध्यक्ष जोन लापोर्टाले मेस्सीसँग सम्झौता गर्नु आफ्नो प्रमुख लक्ष्य भएको बताएका थिए । बार्सिलोनाले खेलाडीहरूलाई दिने कुल तलब घटाउन एन्टोनी ग्रिजम्यानलाई एट्लेको म्याड्रिडका साउल निगुयजसँग साट्न खोजिरहेको छ ।
बार्सिलोनाले कम नाम चलेका तीन खेलाडीलाई बेचिसकेको छ । तथापि मेस्सीको तलब जुटाउन केही नाम चलेका खेलाडीहरू बेच्नुपर्ने आवश्यकता छ ।
स्पेनको ला लिगामा कुनै पनि क्लबले खेलाडीको तलबमा खर्च गर्न पाउने कुल रकमको सीमा तोकिएको छ । मेस्सी प्यारिस साँ जेर्माँ वा म्यान्चेस्टर सिटी वा अमेरिकाको मेजर लीग सकर खेल्न जान सक्ने चर्चा चलेको थियो ।
मेस्सीले बार्सिलोनाका लागि खेल्दै सबैभन्दा बढी ६७२ गोल गरेका छन् भने १० ला लिगा, चार च्याम्पियन्स लीग र सात कोपा डेल रेज जिताएका छन् ।