काठमाडौं च्यासलमा नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ। तुलसीलाल प्रतिष्ठानको कार्यालयमा जारी बैठकमा पार्टीको आगामी रणनीतिको विषयमा छलफल भइरहेको छ।
पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले सर्वोच्च अदातलको फैसला तथा संसदमा पार्टीको भूमिका र पार्टीको सांगठनिक कामबारे छलफल गर्ने एजेण्डा तय भएको छ।
यस्तै बैठकमा पार्टी एकताका लागि कार्यदलले गरेको सहमतिमाथि छलफल गर्दै अनुमोदन हुनेछ। माधव कुमार नेपाल पक्षले भने यो बैठक सार्न आग्रह गरेको थियो।
नेपालले बैठकमा आफुँहरु सहभागी नहुने जानकारी दिएका थिए।