एकता जोगाउन भन्दै एमाले दोस्रो तहका नेताहरू छलफलमा जुटेका छन् ।
एमाले विवाद समाधान सम्बन्धी कार्यादलका सदस्यहरु र अन्य दोस्रो तहका नेताहरूको बैठक अहिले सिंहदरबारमा जारी छ । बैठकमा एमाले विवाद समाधान र १० बुँदे समझदारी कार्यान्वयनबारे छलफल भइरहेको छ ।
बैठकमा एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष केपी ओलीका तर्फबाट पृथ्वीसुब्बा गुरुङसहित ६ जना र वरिष्ठ नेता माधकुमार नेपालका तर्फबाट भीम आचार्यसहित ७ जना नेताहरु छलफलमा जुटका छन् ।