निजगढ–२ सिंगौलमा आयोजित ‘निजगढ सिटीकप’ मार्शल आर्टस् फेस्टिबलमा बागमती प्रदेश टिम विजेता बनेको छ ।
मार्शल आर्टस् फेस्टिबलअन्तर्गत पुरुष खुल्ला आइटीएफ तेक्वान्दोमा बागमती प्रदेशका निराजन दिम्बम र महिला खुल्ला फुलकन्ट्याक्ट करातेमा तारा घलानले स्वर्ण जिते । उनीहरूले जनही नगद ५० हजार हात पारे ।
त्यस्तै आइटीएफ तेक्वान्दोतर्फ प्रदेश नं.१ का मिशन तामाङले रजत पदक हात पार्दै २५ हजार नगद जितेका छन् भने प्रदेश १ कै आशिष क्षेष्ठले कास्य पदक जिन्दै नगद १० हजार जगद हात पारे ।
फुलकन्ट्याक्ट करातेतर्फ २ नम्बर प्रदेशकी निचीता आलेले रजत पदक जित्दै नगद २५ हजार पाउन सफल भइन भने २ नम्बर प्रदेशकै स्नेहा महतो र बागमती प्रदेशकी सोनु तामाङले कास्य जित्दै नगद १० हजार पाउन सफल भए ।
प्रतियोगितामा ७ प्रदेश र आयोजकबाट खेलाडी, कोच, टिम मेनेजर, रेफ्रि र जुरी गरि १३२ जनाकाे सहभागिता रहेको नेपाल तेक्वान्दो महासंघका अध्यक्ष एवं आयोजक कमिटीका सभापति दिनेश शर्माले जानकारी दिए ।
त्यस्तै विशेष मनोरन्जन विधामा समावेश गरिएको ८०० मिटर बुहारी दौडमा निजगढ २, सिंगौलकी अन्जु घिसिङ प्रथम भई नगद १५ हजार हात पार्न सफल भइन् भने वडा नं. २ कै मिन कुमारी साहीले द्धितिए स्थान हासिल गरी नगद १० हजार जित्न सफल भइन् ।
तृतिय स्थान निजगढ ३, सिंगौलकै पूर्णिमा थिङले जित्न सफल भई नगद ५हजार हात पारिन् । दौडमा ३० जनाको सहभागिता थियो ।
नेपाल तेक्वान्दो महासंघको आयोजना, नेपाल राष्ट्रिय मार्शल आर्टस् गेम्स महासंघको तत्वधान र निजगढ नगरपालीकाको सहयोगमा आयोजित उक्त प्रतियोगिता २ नंं प्रदेशकै उच्चस्तरको रहेको बुझिएको छ ।