एकता जोगाउन भन्दै बसेको एमाले दोस्रो तहका नेताहरूको बैठक सकिएको छ ।
बैठकमा एमाले विवाद समाधान सम्बन्धी कार्यादलका सदस्यहरु र अन्य दोस्रो तहका नेताहरू सहभागी थिए । बैठकमा एमाले विवाद समाधान र १० बुँदे समझदारी कार्यान्वयनबारे छलफल भएको नेता गोकर्ण विष्टले बताए ।
बैठकले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच वार्ता र संवाद नभएसम्म एकता कठिन हुने निष्कर्ष निकालेका छन् ।
आफूहरुको सरोकार पार्टी एकतालाई कसरी जोगाउने भन्ने रहेको उनले बताए । ’कार्यदलले गरेको १० बुँदे सहमतिलाई आधार बनाएर कसरी पार्टी एकता जोगाउने भनेर भेटघाट र छलफल गरेका हौं,’ उनले भने, ’गम्भीर सरोकार भनेको पार्टी एकतालाई जोगाउने हो ।’