नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ ।
भेटका लागि प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका थिए । उनीहरूबीच पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको बताइएको छ । उनीहरुबीच प्रतिगमन परास्त गर्न, पाँच दलीय गठबन्धन जोगाउने र संसदलाई जोगाउन के कसरी अघि बढने भन्ने विषयमा छलफल भएको बताइन्छ ।
संसद जोगाउन र देउवाले विश्वासको मत प्राप्त गर्न माधव नेपाल समूहका सांसदहरुको समर्थन अनिवार्य चाहिन्छ । यस्तो अवस्थामा भोलिको प्रतिनिधिसभा बैठकमा के कसरी प्रस्तुत हुने लगायत देउवा नेतृत्वको नयाँ सरकारबारे पनि छलफल भएको हो ।
नेपालसँग केही दिनअघि प्रधानमन्त्री देउवाले पनि उनकै निवास गरेर छलफल गरेका थिए । छलफलमा नेपालले संसद बचाउन भएपनि सरकारलाई विश्वासको मत दिने बताएका थिए ।
माधव नेपाल पक्षले भने संसद विघटनको बिरोध गर्दै सर्वोच्च अदालतमा दायर रीट निवेदनमा हस्ताक्षर गरेका थिए ।