नेपालमा थप १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१० हजार जनामा परिक्षण गर्दा थप १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुल परीक्षणको झन्डै १९ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ ।
योसँगै कुल संक्रमितको संख्या ६ लाख ६५ हजार ८८६ पुगेको छ । जसमध्ये २५ हजार ९९२ सक्रिय संक्रमित छन् । तीमध्ये २३,४७७ जना घरमा तथा २,४७५ जना संस्थागत आइसोलेशनमा छन् . सङ्क्रमितमध्ये अहिले ५८३ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १७६ जना भेन्टिलेटरमा छन् ।
शनिबार कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट ९ हजार ५२७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २ हजार १६४ जना निको भएका छन् ।
शिनबार पुष्टि गरिएका सङ्क्रमितमध्ये २९९ जना काठमाडौंमा, १२५ जना सुनसरीमा, ११५ जना मोरङमा, १०१ जना कास्कीमा फेला परेका हुन् । सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाडौं उपत्यकाका धेरै देखिन्छ ।