प्रदेश २ मा नेकपा (माओवादी केन्द्र) पनि सरकारमा सहभागी भएको छ ।
माओवादीका दुई मन्त्रीले शनिबार शपथ लिएका छन् । आन्तरिक मामिला तथा सञ्चार मन्त्रीमा माओवादी संसदीय दलका नेता भरत प्रसाद साह र राज्यमन्त्रीमा रुबी कर्ण शपथ लिएका हुन् ।
प्रदेश प्रमुख डा. राजेश अहिराजले मंत्री साहलाई र मुख्यमंत्री लालबाबु राउतले राज्यमंत्री कर्णलाई पद तथा गोपनियताको शपथ खुवाए ।