काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज विहान ११ बजे बस्दैछ ।
तुलसीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा बस्ने बैठकले भोलि सोमबार बस्ने केन्द्रीय कमिटीको बैठक एजेण्डा तय गर्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिनेबारे पार्टी पङ्तिलाई ह्वीप जारी गर्ने र त्यसका लागि आवश्यक छलफल हुने नेता तामाङले बताए ।
प्रधानमन्त्री देउवाल आज दिउँसो ४ बजे बस्ने बैठकमा विश्वातको मत लिँदैछन् ।
सम्बन्धित समाचारः पुनःस्थानापछि संसद् बैठक बस्दै, विश्वासको मत लिने प्रधानमन्त्री देउवाको तयारी
त्यस्तै, विघटित कार्यदलले गरेको १० बुँदे सहमति र त्यसको कार्यान्वयनका विषयमा पनि छलफल हने बताइएको छ । गत शुक्रबार बसेको स्थायी कमिटी बैठकले १० बुँदे सहमति अनुमोदन गरिसकेको छ ।
एमालेले भोली सोमबार केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ । १० बुँदे सहमति केन्द्रीय कमिटी बैठकबाट पनि अनुमोदन गर्ने तयारी सो दलले गरेको छ ।