नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु आफूहरुको कर्तव्य भएको बताएकी छन् । झाँक्रीले यो जानकारी आइतबार मध्यन्ह आफ्नो फेसबुकमार्फत दिएकी हुन्।
झाँक्रीले संविधानको धारा ७६(५) अनुसार संघीय संसदका माननीय शेरबहादुरलाई समर्थन गरेको, तर १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीबाट देउवा प्रधानमन्त्रीमा नियुक्त नभएपछि १४६ जना सदस्यहरु सर्वोच्च अदालतको ढोका ढकढकक्याउन बाध्य भएका बताएकी छन् ।
‘अदालतको परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो,’ नेकपा एमाले नेतृ झाँक्रीले लेखेकी छन्, ‘सकिन्छ नेकपा एमालेले सास्थापक निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट होलौँ । त्यसो गर्न सकिँदैन भने सांसदहरुलाई संसदको पुरा कार्यकाल संचालन गर्न हामी सबैको विवेक प्रयोग गरी पक्षमा भोट हालौँ।’
उनले सबैले नहाले पनि आफूहरु २३ जनाले प्रधानमन्त्रीलाई शेरबहादुरर्ला विश्वासको मत दिने बताएकी मात्र छैनन्, यो आफूहरुको कर्तव्य नै भएको बताएकी छन् ।
प्रधानमन्त्री देउवाले आइतबार साँझ पुनस्थापित संसदको पहिलो बैठकमा विश्वासको मत लिने कार्यक्रम छ ।