नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीमा विवाद समाधानका लागि गठन गरिएको कार्यदलको १० बुँदे सहमतिमा असहमति जनाएका छन् ।
उक्त कार्यदलले एमाले विवाद समाधानका लागि १० बुँदे सहमति गरेको थियो । तर, उक्त कार्यदलले तयार पारेको सहमतिमा नेपालले असहमति जनाएका हुन् ।
उक्त १० बुँदे सहमतिबारे छलफल गर्न आइतबार अध्यक्ष ओली पक्षसहित कार्यदलका सदस्य नेपाल निवास पुगेका थिए । तर, नेपालले कार्यदलको सहमतिमा असहमति जनाएका हुन् ।
कोटेश्वर पुगेका कार्यदलका सदस्य शंकर पोखरेलले माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएको बताए ।
माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गएको पोखरेलले बताएका छन् ।