नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णण गरेको छ ।
आइतबार दिउँसो बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनले पार्टीको निर्णय विपरित कुनै सांसदले देउवाको पक्षमा मतदान गरेमा कारवाही गरिने र उनीहरू नेकपा एमालेमा नरहने बताए ।
बैठकले वरिष्ठ नेता माधव नेपाल नफर्किने निष्कर्ष निकालेको उनले बताए ।